• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

बालेनले गरे सचिवालय प्रमुखसहित तीन कर्मचारी निलम्बन



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तीन जना कर्मचारीलाई निलम्बन गरेको छ । कार्यपालिकाले गरेको निर्णय कार्यान्वयनको क्रममा आफूखुसी निर्णय गरेको पाइएको भन्दै महानगरपालिकाले तीनजना कर्मचारीलाई निलम्बन गरेको हो ।

निलम्बनमा पर्नेमा मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी रहेका छन् ।

यो विवादमा तानिएका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी अहिले बिदामा बसेका छन् । बिदा सकिएसँगै अधिकारी पनि निलम्बनमा पर्ने स्रोत बताउँछ ।