• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

सन्दीपलाई कति वर्ष सजाय हुनसक्छ ?



तस्बिर: सामाजिक संजाल

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने बलात्कार आरोपमा दोषी ठहर भएका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई दोषी ठहर्याएको हो ।

मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ)अनुसार सजाय गर्ने न्यायाधीशले फैसला गरेका छन् ।

यो व्यवस्था अनुसार लामिछानेलाई ७ देखि १० वर्ष जेल सजाय हुनेछ । सजाय निर्धारणका लागि २५ गते पेशी तोकिएको छ ।