२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा News Polar दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन… News Polar दसैँसँगै बाँचेका गुणबहादुरहरु News Polar परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता News Polar पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु News Polar कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता News Polar कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी News Polar सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक News Polar भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान

एनसेलको शेयर खरिद विक्री सम्बन्धमा राज्य व्यवस्था समितिमा प्रधानमन्त्री यस्तो छ जबाफ- पूर्णपाठ

एनसेलको शेयर खरिद विक्री सम्बन्धमा राज्य व्यवस्था समितिमा प्रधानमन्त्री यस्तो छ जबाफ- पूर्णपाठ
अ अ+ अ-

एनसेल आजियटाको स्वामित्वमा रहेको दूरसञ्‍चार सेवा प्रदायक कम्पनी एनसेलको ८०५ शेयर न्यून मूल्याङ्‍कन गरी खरिद विक्री भएको तथा उक्त कारोबारमा करछलीको योजना गरिएको भन्‍ने समेतका विषयहरू विभिन्न सञ्‍चार माध्यममा प्रकाशनरप्रसारण भएपछि सो सम्बन्धमा विभिन्न क्षेत्रबाट चासो व्यक्त गरिएको छ।

जलवायु परिवर्तनसम्बन्धी कोप-२८ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै म संयुक्त अरब इमिरेट्स्‌को दुबईमा रहेकै बेला यस्तो खरिद बिक्रीको काम भएको भन्ने समाचार आएको र म स्वदेश फर्कनासाथ यस सम्बन्धमा अध्ययन गर्न सञ्‍चार तथा सूचना प्रविधि मन्‍त्रालय र नेपाल दूरसञ्‍चार प्राधिकरणलाई निर्देशन दिएको थिएँ।

यस विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको छ। यस सम्बन्धमा भएगरेका काम कारबाही र समग्रमा यसले नेपालको राजस्व, लगानी र दूरसञ्‍चारको विकासमा पर्नेरपार्ने प्रभावका बारेमा गहन र विस्तृत अध्ययन तथा छानबिन गर्नुपर्ने आवश्यकता महसूस गरी नेपाल सरकार, मन्त्रिपरिषद्‍को मिति द्दण्डण् मङ्सिर २१ गतेको बैठकबाट पूर्व महालेखापरीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा ५ सदस्यीय अध्ययन तथा छानविन समिति गठन गर्ने निर्णय भएको छ।

उक्त समितिलाई एनसेलको हालै भएको भनिएको शेयर खरिद विक्री र हक हस्तान्तरण सम्बन्धमा भए गरेका काम कारवाहीहरूको विस्तृत अध्ययन तथा छानविन गरी यसबाट नेपालको दूरसञ्‍चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर, दूरसञ्‍चार सेवा नियमन तथा सञ्‍चालन र नेपाल सरकारको कर तथा राजस्वमा पर्न सक्ने असर तथा प्रभाव विश्लेषण गरी तत्काल चाल्नुपर्ने कदम तथा नेपालको दूरसञ्‍चार क्षेत्रका लागि भविष्यमा गर्नुपर्ने सुधारका सम्बन्धमा समेत अध्ययन विश्लेषण गरी राय सुझावसहितको प्रतिवेदन तीस दिनभित्र पेश गर्ने कार्यादेश दिइएको छ।

एनसेलको शेयर खरिद विक्री सम्बन्धमा गठित अध्ययन तथा छानविन समितिले आफ्नो कार्य प्रारम्भ गरिसकेको छ। यो छानबिन समितिले नेपाल दूरसञ्‍चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, उद्योग विभाग, नेपाल राष्ट्र बैङ्‍क, आन्तरिक राजश्व विभाग र अन्तर्गतका करदाता सेवा कार्यालय र धितोपत्र बोर्डसँग समन्वय गरी कागजात र विवरण संकलन गर्ने र सोको विश्लेषण गर्ने कार्य गरिरहेको मैले बुझेको छु।

यसका साथै यी नियामक निकायहरूले आ-आफ्नो क्षेत्राधिकारमा रही वैदेशिक लगानीसमेत रहेको दूरसञ्‍चार सेवा प्रदायक कम्पनी एनसेलको वैदेशिक लगानी, शेयर खरिद विक्री, कर राजस्व, विदेशी मुद्रा सटहीसमेतको विषयमा प्रमाण तथा कागजात सङ्‍कलन समेतको कार्य गरिरहेका छन्।

अध्ययन तथा छानविन समितिको यकीन राय सुझावसहितको प्रतिवेदन प्राप्त भएपछि उक्त राय सुझावसमेतको आधारमा नेपाल सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको नियमन, विदेशी लगानीको वातावरण निर्माणमा थप सहजीकरण, विदेशी मुद्रा सटही सुविधा र कर प्रशासनमा सुधारका लागि आवश्यक कदम चाल्नेछ। साथै, यस प्रकरणमा कतै कसैबाट कानून विपरीतका काम कारबाही भए(गरेको पाइएमा कानूनबमोजिम हदैसम्मको कारबाही गर्न नेपाल सरकार प्रतिबद्ध रहेको छ।