• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   एसइईमा सामुदायिकतर्फ भिमाद जलौदीको बाल शैक्षणिक मावि जिल्लामै प्रथम ★   विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ: प्रधानमन्त्री ★   नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ★   रोहितले द्रविडलाई भनेका थिए – कोचिङ जारी राख्नुहोस् ★   संसदमा साङ्केतिक भाषाको दोभासे राख्न माग ★   आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो ★   प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल ★   विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक ★   सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी ★   मनाङको बाटो सधैँ जोखिमपूर्ण

तेमालमा तामाङ सङ्ग्रहालय निर्माण हुने



धुलिखेल । तामाङ समुदायको उद्गमथलोका रुपमा परिचित काभ्रेपलाञ्चोकको तेमालमा अन्तर्राष्ट्रिय तामाङ सांस्कृतिक संग्रहालय निर्माण गर्न तेमाल गाउँपालिकाले सरोकारवालासँग छलफल थालनी गरेको छ । तेमालमा सांस्कृतिक पर्यटन विकास गर्ने उद्देश्यले पालिका उपाध्यक्ष दलमान थोकरको नेतृत्वमा सङ्ग्रहालय निर्माण र यसको महत्वको विषयमा पहिलो चरणमा सांस्कृतिक विज्ञ, सामाजिक सङ्घ/संस्था र सञ्चारकर्मीसँग राय सुझाव लिने काम थालिएको हो ।

तेमाल गाउँपालिकाद्वारा आयोजित छलफलमा उपाध्यक्ष थोकर, मानवशास्त्री डा मुक्त सिं थोकर, अन्तर्रास्ट्रिय तामाङ परिषद्का महासचिव टासी लामा, तामाङ घेदुङको सङ्घीय अध्यक्ष मोहन गोले, सहअध्यक्ष कुमार घिसिङ, महासचिव जगत दोङ, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वल, गायक विश्व दोङ, नेकपा (माओवादी केन्द्र) तेमालका अध्यक्ष समीर तामाङ र शिक्षा शाखाका प्रतिनिधि भीम तामाङलगायतको सहभागी रहनुभएको थियो ।

तामाङ संस्कृति, धर्म, भाषा र कलाको विकास तेमालबाट भएको र यसको संरक्षण र विकासको लागि तेमालले सङ्ग्रहालय निर्माण गर्न आवश्यक प्रक्रिया थालनी गरेको गाउँपालिका उपाध्यक्ष थोकरले बताउनुभयो । “पछिल्लो पुस्तालाई देखाउन र विश्वभरिबाट तामाङसम्बन्धी कला, वेषभूषा, धर्म, संस्कृति, भाषा आदि खोज्न आउने बेलामा सबैले पाउने गरी सङ्ग्रहालयमा सङ्ग्रहित गर्न पहल आवश्यक भएकाले प्रक्रिया अगाडि बढाएका हौंँ ।” उहाँले भन्नुभयो, “करिब २७ देशमा तामाङ समुदायको बसोबास रहेको भन्ने छ, जहाँ तामाङ समुदायको बसोबास छ, त्यहाँका तामाङजातिको सबैखाले कला, संस्कृतिलाई समेत केन्द्रिकृत गर्नेगरी अन्तर्राष्ट्रिय तामाङ सङ्ग्रहालय निर्माण गर्ने अभियानमा जुटेका हौँ ।”

यसको लागि आवश्यक पर्ने जमिन पर्याप्त मात्रमा रहेको र केही भौतिक संरचना निर्माणसमेत भइसकेको अवस्थामा उक्त कार्यको लागि सम्भव हुने गाउँपालिकाले जनाएको छ । विगत चार वर्ष अगाडिदेखि नै तेमाल गाउँपालिका–७ स्थित सिङ्दानडाँडालाई छनोट गरी तामाङ सङ्ग्रहालय स्थापना गर्नको लागि प्रक्रिया प्रारम्भ गरिसकेको अवस्थामा अझ त्यसलाई वृहत बनाउन लागिएको गाउँपालिका उपाध्यक्ष थोकरले बताउनुभयो ।

यसअघि थालिएको अभियान अन्तर्गत सङ्ग्रहालय निर्माणका लागि प्रारम्भिक चरणमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट तत्कालीन सांसद गङ्गाबहादुर तामाङको सक्रियतामा एक करोड लागतमा तीन तले प्रशासनिक भवन निर्माण भइसकेको छ ।
छलफलको क्रममा गाउँपालिकाले गर्नुपर्ने जग्गा प्राप्तिदेखि गुरुयोजना तयार गर्ने र अन्य सहयोगको लागि विभिन्न सङ्घ संस्थासँग आवश्यक सहयोगको आग्रह गर्ने गरी सुझाव दिएको छ ।

त्यसको लागि थप प्रक्रिया अगाडि बढाउनका लागि ल्होछारको अवसरमा कार्याशाला आयोजना गर्न लागिएको उपाध्यक्ष थोकरले बताउनुभयो । “आवश्यक कार्यपत्र तयारीको लागि डा मुक्त सिं थोकरलाई जिम्मा दिएको छ ।” उहाँले भन्नुभयो,“त्यसमा आवश्यक अध्ययन गरेर पालिकाले पूर्णता दिएपछि सोही अनुसार अगाडि बढ्ने भन्ने तयारीमा जुटेका छौँ ।”

गाउँपालिका आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रममा तेमालको पहिचानस्थाल तथा गुरु पद्म सम्भवले तपस्य गरेको भूमि घेलुङ पहारा, तोङसुम कुण्डा, स्यापजे गुम्बा, सत्यनायारण मन्दिर, रोसाइवा, तामाङ सङ्ग्रहालय तथा दोर्जेग्याङ गुम्बालाई पर्यटन प्रवद्र्धन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार गर्ने नीति लिइने उल्लेख गरेका छन् ।

त्यस्तै पर्यटकीयस्थल जोड्न पर्यटकीय सडक सञ्जाल कार्यान्वयन प्रारम्भ गरिने र विभिन्न जातजातिको जातजाति परम्परागत पर्व, संस्कार र संस्कृतिको प्रवद्र्धन गरिने उल्लेख गरिएको छ । तामाङ समुदायको बाहुल्यता रहेको तेमाल क्षेत्रमा निर्माण गर्न लागिएको सो सङ्ग्रहालयमा तामाङ समुदायका व्यक्तिको जन्मदेखि मृत्युसम्मको मौलिक संस्कार झल्किने सामग्री राखिने भएको छ । रासस