• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   कोलकाता र राजस्थानबीचको खेल वर्षाका कारण रद्द, राजस्थान र आरसीबी एलिमिनेटरमा भिड्ने ★   म्यान्चेस्टर सिटीलाई लगातार चौंथो पटक प्रिमियर लिगको उपाधि ★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’

छठ पर्वले  नेपालीहरूको मनलाई आपसमा जोड्ने सेतुको रूपमा काम गरेको छ: पूर्वराष्ट्रपति भण्डारी



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वलाई नेपालीहरूको मनलाई आपसमा जोड्ने सेतुको रूपमा लिन सकिने जनाउनु भएको छ ।

पूर्व राष्ट्रपति भण्डारी छठ पर्व २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश भन्नुभएको छ छठ पर्व विविध भौगोलिक क्षेत्र, भाषाभाषी, जातजाति र संस्कृति अँगालेका नेपालीहरूको मनलाई आपसमा जोड्ने सेतुको रूपमा लिन सक्दछौँ ।

सन्देशमा भनिएको छ छठ पर्व जस्ता चाडपर्वका माध्यमबाट विविधतायुक्त नेपाली समाजमा सामाजिक सद्भाव एवं एकताको प्रवर्द्धनमा मद्दत पुग्ने र यसबाट राष्ट्रिय एकता थप सुदृढ हुने मैले विश्वास लिएको छु ।

सन्देशमा भनिएको छ प्रकृतिको पूजा गरिने यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिक लगायत सबै प्रकारका विभेद, कुरीति एवं विसङ्‌गतिको अन्त्य गरी समतामूलक, सभ्य र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन हामी सबैलाई थप प्रेरणा प्रदान गरोस् भनी कामना गर्दछु ।

हरेक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म पृथ्वीका सम्पूर्ण प्राणी र वनस्पति जगतलाई विनाभेदभाव समान शक्ति, ताप र प्रकाश दिने सूर्यको महिमालाई आत्मसात् गर्दै सूर्य देवता र छठी देवीको पूजा अर्चना गर्नुका साथै नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ्य दिएर यो चाड मनाइन्छ ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुस्ख र कष्ट हटेर जाने जनविश्वास समेत रहेको छ ।

केही दशकअघिसम्म मधेसी समुदायको मुख्य पर्वका रूपमा तराई तथा मधेश क्षेत्रमा मात्र मनाइने यो पर्व हाल आएर काठमाडौँ उपत्यका लगायत अन्य पहाडी तथा हिमाली जिल्लाहरूमा समेत उत्तिकै उत्साह र हर्षोल्लासपूर्वक मनाउने गरिएको छ ।