• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   ४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प ★   राष्ट्रिय सभामा काँग्रेसको अवरोध कायमै: राष्ट्रपतिलाई धन्यवाद दिने प्रश्ताव पारित सभाको सहमति ★   बैतडीका दाजुबहिनीको कर्नाटकमा शङ्कास्पद मृत्यु ★   प्रतिनिधिसभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित ★   दिनेश कार्तिकले किन अरुको भन्दा फरक हेल्मेट लगाउँछन् ? ★   सरकारसँग काँग्रेसको माग: उपप्रधानमन्त्री लामिछानेलाई तत्काल पक्राउ गरियोस् ★   संसद्को गतिरोध अन्त्य गर्न कांग्रेसलाई अध्यक्ष ओलीको आग्रह ★   आईपीएलमा तहल्का पिटेका यी ब्याट्सम्यानको भाग्य चम्कियो, टी–२० विश्वकपका लागि अस्ट्रेलियाको टोलीमा मौका ★   संसदमा कांग्रेसको नाराबाजी कायमै ★   कस्तो छ कोलकाताको प्लेअफ आँकडा ?

एकैदिन एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज साता कारोबारको दोस्रो दिन सोमबार पनि सुन–चाँदीको मूल्य बढेको छ।

आइतबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार रुपैयाँ बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार छ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख सात हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख आठ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख सात हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी १५ रुपैयाँले बढेर प्रतितोला१ ३ सय ४५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।