• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

डा प्रकाशशरण महतलाई कांग्रेस प्रवक्ताको जिम्मेवारी



काठमाडौँ । नेपाली कांग्रेसको प्रवक्तामा नेता डा प्रकाशशरण महत नियुक्त हुनुभएको छ । उहाँलाई पार्टी सभापति शेरबहादुर देउवाले सोमबार पार्टी प्रवक्तामा नियुक्त गर्नुभएको हो । पूर्व पराराष्ट्रमन्त्री समेत रहनुभएका डा महत पार्टीको १४औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित हुनुभएको थियो ।

उहाँले सभापति देउवाको प्यानलबाटै महामन्त्री पदमा चुनाव लड्नुभएको थियो । उहाँलाई पार्टी सभापति देउवाका विश्वासपात्रका रुपमा पनि चिनिन्छ । डा महतलाई प्रेससँग स्पष्टसँग कुरा राख्नसक्ने नेताका रुपमा समेत लिइन्छ ।