९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

स्मार्ट सिटी, सुरक्षित नागरिक आवास र एकीकृत बस्ती विकासका लागि बजेट पुगेन: मन्त्री गुरुङ

स्मार्ट सिटी, सुरक्षित नागरिक आवास र एकीकृत बस्ती विकासका लागि बजेट पुगेन: मन्त्री गुरुङ
अ अ+ अ-

काठमाडौँ । शहरी विकासमन्त्री सीता गुरुङले व्यवस्थालाई दोष दिने बेला नभएको बताउनुभएको छ ।

सोमवार ललितपुरमा बसोवास दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संघीयता प्राप्त गरेपनि कानूनी रुपमा, संवैधानिक रुपमा व्यवस्था गरेपनि अहिले व्यवहारिक रुपमा कार्यान्वयन गर्न नसकेको बताउनु भयो । उहाँले झन्डै ४० वटा संघीय कानून बनाइसकेपछि अहिले भएका समस्या समाधान हुने दाबी गर्नुभयो । उहाँले कार्यान्वयनकै चरणमा सबैकुरा भएन भन्ने हो भने गलत हुने बताउनु भयो । उहाँले आम नागरिकको चासो शहरकेन्द्रित हुन थालेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले संघीयता प्राप्त गरेका छौँ । यो हिसावले हेर्ने हो भने हामीसँग तीन तहको सरकार छ । अधिकार पनि फरक फरक छ । त्यो हिसावले संघको सरकारले कतिपय कामहरुलाई कसरी अघि बढाउने ? प्रदेशको सरकारले कसरी अघि बढाउने ? र स्थानीय सरकारले कसरी अघि बढाउने ? भन्नेकुरा हामीले कानूनी रुपमा, संवैधानिक रुपमा व्यवस्था गरेपनि अहिले हामीले व्यवहारिक रुपमा कार्यान्वयन गर्न सकिरहेका छैनौँ । हामीले अहिले नै व्यवस्थालाई दोष दिने बेला भएको छैन ।

झन्डै ४० वटा यस्तै प्रकृतिका र यस्तै समस्या समाधान गर्ने ऐन, कानूनहरु बनाउन बाँकी छ । त्यो हिसावले पनि हामी कार्यान्वयनकै चरणमा छौँ । कार्यान्वयनकै चरणमा सबैकुरा भएन भन्ने हो भने गलत हुन्छ होला । संघीयतामा गइसक्दा पनि खै त संरचना केही बनेको ? भन्ने कोणबाट मात्रै नभइकन संघीयतामा गइसकेपछि कानूनी रुपमा प्राविधिक रुपमा केके कुरालाई तत्काल सम्बोधन गर्नुपर्ने हो त्यो दिशातर्फ विषय केन्द्रित हुनुपर्छ । हामीले शहर र बस्तीको कुरा गर्दा विश्वसँग तुलना गर्ने हो भने अधिकांश लगानी शहर निर्माणको निम्ति लगाइएको छ । आम नागरिकको चासो, चिन्ता, रहर के छ भने शहरमा पुगियो भने सेवा सुविधा प्राप्त गर्न सकिन्छ, त्यसैले हाम्रो रोजाईको बसाई भनेको शहर हो भन्ने छ । यो सबै मानिसको मनोविज्ञानमा छ ।’

मन्त्री गुरुङले स्मार्ट सिटी, सुरक्षित नागरिक आवास, एकीकृत बस्ती विकासको योजना अघि सारेपनि कार्यान्वयन लैजान नसकिएको स्वीकार गर्नुभयो । उहाँले स्मार्ट सिटी, सुरक्षित नागरिक आवास, एकीकृत बस्ती विकासको योजना अघि बढाउन बजेट पर्याप्त नभएको गुनासो गर्नुभयो । उहाँले सबैको साझा संकल्प र प्रतिवद्धता हुन नसक्दा यी योजनाहरु कार्यान्वयनमा जान नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सीमापारी पुग्दा छुट्टै सेवा सुविधासहितको शहर पाउने, तर त्यही सीमानाको वारी खान पनि नपाउने गरीको अवस्था सिर्जना नहोस् भनेर स्मार्ट सिटी बनाउने सीमा क्षेत्रमा भनेका थियौँ, तयारी गरेका थियौँ तर कार्यान्वयन गर्न सकेका छैनौँ । नयाँ शहर निर्माणका लागि एक लाख रोपनी र धेरै ठाउँमा जग्गा अकुपाइ पनि गरिएको छ तर कार्यान्वयनमा लैजान सकिएको छैन । सुरक्षित नागरिक आवास भनेर जहाँ गरिबीको कारणले विपन्न समुदायले छाना पनि राम्रो हाल्न सकेका छैनन् भनेर सुरक्षित नागरिक आवास कार्यक्रम ल्याएका थियौँ, त्यस्तै एकीकृत बस्ती विकासको योजना ल्यायौँ, शहरी विकास मन्त्रालयले जुन नीति र कार्यक्रम अघि सारेको थियो, त्यसमा प्रभावकारी बनाउन मुख्यगरी आर्थिक अवस्था हामीसँग पर्याप्त बजेट छैन । त्यसलाई मात्रै दोष दिन हुँदैन, हामी भित्रको साझा संकल्प र प्रतिवद्धता हुन सकेन ।’

मन्त्री गुरुङले बनेका शहरलाई व्यवस्थित गर्ने र बन्ने शहरको संरचनाबारे पहिल्यै ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले सबै पालिकामा शहर निर्माणको बेस लाइन योजनाबारे आवश्यक अध्ययन हुन जरुरी रहेको बताउनु भयो । उहाँले शहर व्यवस्थित गर्नका लागि शहरी विकास नीति आवश्यक रहेको बताउनु भयो ।