१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

भक्तपुरमा उर्लिएको जनसागरको सन्देश: आलङ्गकारिक राजाको खोजी हो ?

भक्तपुरमा उर्लिएको जनसागरको सन्देश: आलङ्गकारिक राजाको खोजी हो ?
अ अ+ अ-

भक्तपुर । गएको असोज ७ गते आइतबार । भक्तपुरका वासिन्दाको तर्फबाट पुर्व श्री ५ ज्ञानेन्द्र आइतबार अपरान्ह २ घण्टाको लागि भक्तपुरमा आउने सूचना सार्वजनिक भयो ।

२४० वर्ष लामो इतिहास बोकेको ‘राजतन्त्रको अन्त्य गरिएको’ भनेर मुलुकलाई लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको १५ वर्षपछि ज्ञानेन्द्र भक्तपुरवासीको निम्तामा भक्तपुरमा जानुभएको थियो । त्यसो त यसवीचमा उहाँ धार्मिक कार्यमा सहभागी हुन एक दुईपल्ट भक्तपुर र नगरकोटमा पनि गईसक्नुभएको छ । तर नागरिकहरुको निम्तामा उहाँ भक्तपुर जानुभएको यो नै पहिलो र विशाल स्वागतसहितको कार्यक्रम हो ।

स्थानीय समाजसेवी अनन्तप्रसाद धौभडेलको अध्यक्षतामा गठित नागरिक स्वागत समितिले जिल्लावासीहरुलाई सामाजिक सञ्जालबाट र स्थानीय पत्रपत्रिकाबाट असोज ७ गते भक्तपुर दरवार क्षेत्रमा उपस्थित हुनको लागि अनुरोध गरेको थियो, ह्विप होइन् ।

पुर्व श्री ५ ज्ञानेन्द्र आउँदा बढीमा ५ हजार जनाको उपस्थिति होला भनेर आयोजकले सोचेका थिए । र, त्यहि संख्याको अनुमान गरि प्रशासन र प्रहरीले पनि सुरक्षाको चाँजोपाँजो मिलाएको थियो । तर अचम्म, न त आयोजकले सोचे जस्तो भयो, न प्रहरी प्रशासनले सोचेजस्तो । दरवार स्क्वायर क्षेत्र र पाँचतल्ले मन्दीर प्रांगण टौमढीमा त्यति धेरै भीड कि त भक्तपुरको प्रशिद्ध परम्परागत गाइजात्रामा, कि आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्रामा मात्रै हुन्थ्यो । अनि ती दुबै जात्रा हेर्न भक्तपुरका साथै काठमाण्डौ, ललितपुरका साथै अरु जिल्लाबाट आएका र विदेशीहरु पनि हुन्थे ।

तर ज्ञानेन्द्रको सवारीमा जम्मा भएको भीडमा काठमाण्डौ र ललितपुरका जनता जोडिएका थिएनन । ‘देशको लागि राजा नै चाहिन्छ’ भन्ने केही राजावादी अनि ‘पहिला नेपाल, अनि हामी नेपाली’ भन्ने राष्ट्रवादीहरुको साथै राजनैतिक दलदेखि वाक्क दिक्क भएका भक्तपुरका बाँकी हजारौं सर्वसाधारण थिए ।
त्यसो त कुनै बेला ‘राजालाई देश छोड्’ भनेर गाली गर्नेहरु पनि सल्लाघारीको ग्रीनल्याण्ड होटेलमा तिनै ज्ञानेन्द्रको दर्शन भेट गर्न एक घण्टादेखि लामवद्ध भएर उभिएका पनि देखिए । ‘राजा भनेका राजा नै रहेछन नि’—ज्ञानेन्द्रसंग निहुरिएर फोटो खिची बाहिर निस्केकाहरुको भनाई थियो । ‘देशको अवस्था नाजुक भईसक्यो, अब हजुरले नै सम्हाल्नुपरयो’—उहाँलाई भेट्नेहरुको अनुरोध थियो यो ।

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायण मान बिजुक्छेंलाई नै ‘जुजु’ यानी ‘राजा’ मान्ने हजारौं किसान मजदूरहरु रहेको भक्तपुरको ‘कोर एरिया’ का हजारौं किसान, मजदूर, श्रमिक, महिला, वालवालिका, हस्तकला, काष्ठकला, माटोकला र पर्यटन क्षेत्रमा आवद्ध जनतादेखि भक्तपुरको इतिहास, कला, संस्कृति र सम्पदा संरक्षणमा सम्वद्ध अरु सयौंको संख्यामा पुर्व श्री ५को स्वागतमा थपिएका थिए । महिलाहरु नेवारी संस्कृति अनुसारको पोशाक र गहनामा सजिएका थिए ।

उनीहरु सबैको एउटा हातमा नेपाल राष्ट्रको झण्डा र अर्काे हातमा फूल र फूलको मालाहरु थिए । कसैको हात खाली थिएन । स्वस्फूर्त जनसागर उर्लिएको थियो । त्यहाँ सहभागी भएर ज्ञानेन्द्रको प्रतिक्षा गरिरहेका तिनीहरु आफैं जनसागर देखेर अचिम्मत थिए ।

दरवार क्षेत्रमा अवस्थित तलेजु भवानीको पुजाआजा, दर्शन, टौमढीको भैरवनाथ र सिद्धिलक्ष्मीको दर्शन र सर्वसाधारण जनतासंग प्रत्यक्ष भेट गर्ने उद्धेश्यले २ घण्टाको कार्यक्रमको लागि भक्तपुर पुग्नुभएका पुर्व श्री ५ ज्ञानेन्द्र उपत्यकाकै सानो जिल्ला भक्तपुरमा हजारौंको संख्यामा उर्लेको जनसागर देखेपछि आफ्नो समय बढाएर झण्डै ६ घण्टा बसेर निर्मल निवास फिर्नुभएको थियो । भीड हेर्दा सबै जिल्लावासी सबै नै त्यँहि उर्लिएको जस्तो देखिन्थ्यो ।
‘देशमा गणतन्त्र स्थापना भएको’ भनिएपछि बनेको राष्ट्रप्रमुखको पद सीमित समूहको लागि मात्रै बन्न पुग्यो । स्वतन्त्र र सबैको साझा हुनुपर्ने राष्ट्रप्रमुख (राष्ट्रपति) कोही काँग्रेसका र कोही एमालेका भए । कुनै राजनैतिक दलमा आवद्ध नभएका सर्वसाधारण अरु जनताका आस्थाको केन्द्र कोही बन्न सकेनन् ।

२०६५ जेठ १५ मा देश लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछिका १५ वर्षसम्म कुनैपनि राष्ट्रभक्त नेपालीले आफ्नो संरक्षक नै पाउन सकेनन । शुरुका दुई कार्यकाल नेपाली काँग्रेसले र त्यसपछिको दुई कार्यकाल नेकपा एमालेका नेता राष्ट्रपति पदमा बसे । पाँचौ कार्यकालमा त्यो पदमा अहिले नेपाली कांग्रेसका नेता छन् ।

विगतका राष्ट्रपतिहरुको तामझामको सवारीमा उनीहरुकैका दलसंग आवद्ध नेता, कार्यकर्ताहरु र ती पार्टीबाट फाइदा लिएका व्यक्ति र आसेपासेहरु ‘जि हजुर’ गर्न उपस्थित हुन्थे । अनि पार्टीका जनवर्गीय संगठनका कार्यकर्ताहरु, जसको हातमा पार्टीको झण्डा हुन्थे, अनि तिनीहरुलाई पार्टीका राष्ट्रपतिले सजिलै चिन्थे । तर, आइतबार ज्ञानेन्द्रको सवारी अभूतपूर्व थियो ।

नेपाल एकिकरणपछि बनेका शाहवंशका १३ पुस्ताका कुनैपनि राजालाई नेपालको कला, धर्म संस्कृति, परम्पागत रीतिरिवाज र चाडपर्वलाई दिलोज्यान दिएर संरक्षण र सम्वद्र्धन गर्दै आएको उपत्यकाको रैथाने नेवार समुदायले निकै नै सम्मान गर्दै आएको छ । जुन सम्मान राजा ज्ञानेन्द्रले गद्धी छोडेपछि राष्ट्रप्रमुख बनेका कुनैपनि राष्ट्रपतिले जनताको भित्री हृदयदेखि पाउन सकेका छैनन र पाउन सक्दैनन पनि । किनकी आदर र श्रद्धा भित्री हृदयदेखि आउनुपर्छ, एयरहोस्टेसको मुस्कान जस्तो जर्वजस्तीवाला होइन् ।

पछिल्लो समयमा धार्मिक र सामाजिक कार्यमा सकृय रहनुभएका पुर्व राजा जहाँ जानुहुन्थ्यो, त्यहाँ जनसागर बढिरहेको थियो । त्यसको पछिल्लो उदाहरण भक्तपुरमा उर्लेको जनसागर हो । त्यो जनसागर देखेपछि सत्ता सम्हालेका र विपक्षमा रहेका राजनैतिक दल र तिनीहरुका नेताहरु तिल्मिलाउन थालेका छन् । त्यो भीडलाई साधारण र नाटक मात्रै हो भनेर आंकलन गरि उनीहरु मौन बसे भने त्यो उनीहरुको लागि ठुलो दुर्भाग्य हुने छ ।

अहिले सरकार चलाउँदै गरेको नेकपा माओवादी पनि २०५१ सालमा सानो आगोको झिल्कामात्रै थियो । त्यसलाई सानो मान्ने गल्ती गर्दा २०६२/०६३ सालको आन्दोलन भएर सत्ता नै उल्टिएको कुरा भुल्नु हुँदैन । त्यसो त २०४६ सालको पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन होस् या २०६२/०६३ को लोकतान्त्रिक आन्दोलन, भक्तपुरका जनता सडकमा उत्रेपछि त्यसको नतिजा नै अन्तिम नतिजा हुने गरेको छ ।

पुर्व श्री ५ ज्ञानेन्द्रको सवारीमा भक्तपुरमा देखिएको त्यो जनसागरले पनि भन्छ कि नेपालमा राष्ट्रपति पद सर्वमान्य हुन सकेन र विभिन्न कारणले विवादित हुन पुग्योे । यसको पछिल्लो एउटा सानो उदाहरण, असोज ३ गते संविधान दिवसको अवसरमा बाँकी कैद माफ मिनाहा गरि छोडिएका केही विवादित कैदीहरु हुन् ।

जनताको सर्वाेपरि हीत, जनताको शान्तिपूर्ण बाँच्न पाउने अधिकार, स्वदेशमै रोजगारी सिर्जना होस् भन्ने हेतुले सजिलैसंग राजगद्धी छोडेर मौन बस्नुभएका पुर्वराजाको आकांक्षाको विपरित देशमा अशान्ति, कालोबजारी, भ्रष्टाचार, अनैतिक कृयाकलाप र दण्डहिनताले सीमा नाघिसकेको अवस्था सोझा साझा जनता टुलुटुलु हेर्दै बस्न वाध्य छन् ।

यस्तो अवस्थामा विवादित राष्ट्रपति पदको साटो जनताले ‘सर्वमान्य संवैधानिक र आलङ्गकारिक राजा’ राख्नु उपयुक्त विकल्प नै हो भन्न थालेका छन् । किनकी अहिलेसम्म राष्ट्रपतिको पदमा बसेका व्यक्तिहरुले राष्ट्रको लागि खासै योगदान गरेर त्यो पदमा पुगेको भन्दा पनि राजनैतिक दल र ती दलका नेताको कमिजको फेरो समातेर मात्रै त्यहाँ पुगेका छन् । र,उनीहरुको स्वार्थ अनुकुलका निर्णयमा हस्ताक्षर गर्दै आएका छन् ।

स्मरण रहोस्, २४० वर्षको इतिहास बोकेको राजसंस्थालाई जति देशको माया अरु कसैलाई पनि हुँदैन । किनकी नेपाल रहेमा मात्रै हामी नेपाली हौं भनेर भन्न पाउँछौं ।