• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

पोखराको मणिपाल अस्पतालमा चिकित्सकमाथि हातपात



काठमाडौँ । बिरामीको मृत्युको विषयलाई लिएर पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि हातपात भएको छ ।

लमजुङकी ५७ वर्षीया सुकमाया दुरालाई उपचारका लागि सो अस्पताल ल्याइएको थियो । ‘असहज महसुस भएको’ भन्दै उनलाई मणिपाल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको छ ।

दिनभरि डुलाइए पनि जानकारी नदिइको भन्दै बिरामीका आफन्तले डाक्टरमाथि हातपात समेत गरेपछि तनावको स्थिती उत्पन्न भएको छ । अस्पतालका केही सीसा समेत फुटाईएको छ ।

अहिले अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।