• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ



काठमाडौँ । नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलबमा मलेसिया पठाइदिन्छु भनी रु तीन लाख ठगी गर्ने डोटी शिखर नगरपालिका घर भई हाल काठमाडौँ महानगरपालिका–३२ सेतोपुल बस्ने ३२ वर्षीय धनबहादुर बोगटीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले पक्राउ धनबहादुरले डोटीकै कृष्णबहादुर बोगटीलाई मलेसियामा मासिक रु ६० हजार हुने प्रलोभन पारी रु तीन लाख ठगी गरेकाले पक्राउ गरिएको जानकारी दिए ।

तीन लाख ठगी गरेर फरार रहेका धनबहादुरलाई वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी गरेसँगै पक्राउ गरिएको प्रवक्ता रेग्मीले बताए । पक्राउ धनबहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको सो कार्यालयले जनाएको छ ।