४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

बाथ भइसकेको जोर्नीमा योगाभ्यास गर्दा जोर्नी ड्यामेज गर्छ भन्नु गलत

बाथ भइसकेको जोर्नीमा योगाभ्यास गर्दा जोर्नी ड्यामेज गर्छ भन्नु गलत
अ+ अ-

काठमाडौँ । चिकित्सकहरुले बाथ रोगलाई निराकरण गर्न फिजियोथेरापीको भूमिका महत्वपूर्ण रहने बताएका छन् ।

शुक्रवार विश्व फिजियोथेरापी दिवसको अवसरमा ग्राण्डि अन्तर्राष्ट्रिय अस्पतालमा भएको कार्यक्रममा बोल्दै अस्पतालका कार्यकारी निर्देशक समेत रहनुभएका स्पाइन सर्जन डा.विनोद बिजुक्छेले कुनैपनि जोर्नीको दुखाई कम गर्न फिजियोथेरापिस्टको भुमिका अग्रणी रहने बताउनु भयो । बाथको उपचार शारीरिक अभ्यासबाट सम्भव हुने भन्दै बाथ रोग छिटो पत्ता लागे उपचार सम्भव हुने बताउनु भयो । उहाँले लामो सास फेरेर छाती फुलाउँदा सामान्यतया ५ सेन्टीमिटर जति छाती फुल्ने भन्दै छाती फुल्ने क्रम २ सेन्टीमिटरभन्दा कम भए बाथको शुरुको लक्षण भएको हुनसक्ने बताउनु भयो । कुनैपनि व्यक्तिलाई कम्मरको दुखाई, विभिन्न किसिमको जोर्निहरुको दुखाईको समस्या देखिए उपचार प्रक्रिया थाल्नुपर्ने बताउनु भयो ।

उहाँले योगाभ्यास नियमित गरिए धेरै किसिमको दुखाईबाट छुटकरा पाउन सकिने बताउनु भयो । हातको सानो जोर्नीहरुबाट दुखाई शुरु हुनु आर्थराईटिसको लक्षण रहेको बताउनु भयो । बाथ छिटो पत्ता लगाउन सकिए हातको जोर्नी बाङ्गो हुने समस्याबाट बचाउन सकिने बताउनु भयो । बाथ रोग पत्ता लगाउन रगत परीक्षण गर्नुपर्ने बताउनु भयो । कतिपयमा एङ्केलोजिङ स्पोन्डीलाईटीस अर्थात मेरुदण्डमा असर गर्ने बाथ पनि देखापर्ने भन्दै यो बाथ धेरैजसो २० देखि ४० वर्षको उमेर समूहमा देखापर्ने बताउनु भयो । यो किसिमको बाथले धेरै जसोको कुर्कुच्चा र कम्मरको भाग दुख्ने उहाँले बताउनु भयो । बालबालिकाहरुमा पनि बाथको समस्या आउने गरेको भन्दै बाथलाई जुमनाईल रुमोट्रोइड आर्थराईटीस भनिने बताउनु भयो । उहाँले बालबालिकाहरुमा घुँडा सुनिने, कुहिना, नारी सुनिने जस्ता लक्षण देखिने बताउनु भयो ।

डा.बिजुक्छेले भन्नुभयो,‘जोर्नीहरुको दुखाईलाई आर्थराईटीस भनेर भन्छाँै । विभिन्न किसिमको आर्थराईटीसहरु छन् । कुनैपनि जोर्नीको दुखाई भयो भने त्यसलाई आर्थराईटीस भन्ने हो । यो भयो भने काम गर्न गाह्रो बनाउँछ । दुखाईले गर्दा दैनिक कृयाकलापहरु र क्वालिटी अफ लाईफलाई नै रिड्युस गर्छ त्यो आर्थराईटिसलाई रुमर ट्वाईट आर्थराईटिस भन्छौँ । अर्को मेरुदण्डमा हुने आर्थोराइटिस छ, त्यसलाई एङ्केलोजिङ्स स्पोन्डीलाईटीस भनेर भन्छौँ । आर्थराईटिसहरु कसरी थाह हुन्छ भन्दा हातको सानो जोर्निहरुबाट दुखाई शुरु हुन्छ ।

हातको सानो सानो जोर्निहरु सुन्निएको हुन्छ र, बिहान उठ्दा खेरी हात कक्रक्कोपना हुन्छ । र, कक्रक्कोपना एक घण्टा भन्दा लामो समयमसम्म बसेको छ भने त्यो सिग्निफिकेन्ट हो । हातको ठूलो ठूलो जोर्नीहरु सुन्निएको छ, दुखेको छ भने त्यसमापनि रुमरटोइज आर्थोराईटीस हो की भनेर शंका गर्छौं । त्यस्तो अवस्थामा रगतको परीक्षण गर्छौं । र, बाथ हो की होइन पत्ता लगाउन सक्छौं । बाथ हो भनेर पत्ता लगाइसकेपछि बाथसँग सम्बन्धित विशेषज्ञहरुसँग सम्पर्क गर्नुप¥यो । र, छीटो बाथ हो भन्ने पत्ता लाग्यो भने उपचार सम्भव छ । र, पछि हातको जोर्नी बाङ्गो हुने समस्याबाट बचाउन सकिन्छ ।

एङ्केलोजिङ स्पोन्डिलाईटीस भनेको मेरुदण्डमा असर गर्ने बाथ हो । यो बाथ धेरैजसो २० देखि ४० वर्षको उमेर समूहमा देखापर्छ । यो किसिमको बाथले धेरै जसोको कुर्कुच्चा र कम्मरको भाग दुख्छ । र, विस्तारै मेरुदण्डको मोबिलिटी पनि कम हुँदै जान्छ । यो बाथपनि समयमै पत्ता लगाउन सकिन्छ । यस्तै, अर्को कुरा छातीको एक्सपान्सन भनेर भन्छौं । हामीले लामो सास फेरेर छाती फुलाउँदाखेरी सामान्यतया ५ सेन्टिमीटर जति छाती फुल्छ । यदी त्यो छाती फुल्ने क्रम २ सेन्टीमिटरभन्दा कम भएको छ भने त्यो बाथको शुरुको लक्षण भएको हुनसक्छ । त्यो सँगसँगै कम्मरको दुखाई हुने, विभिन्न किसीमको जोर्निहरुको दुखाई हुने समस्या छ भने रगत परीक्षण गर्छाैं ।

यसमा अतिरिक्त एउटा परीक्षण एच.एल.ए.बी.२७ भन्ने टेष्ट पनि गर्छौं । बच्चालाई हुने बाथ जसलाई जुमनाईल रुमोट्रोइड आर्थराईटीस भनेर भन्छौँ । जुमनाईल रुमोट्रोइड आर्थराईटिस भनेको चाहीँ १६ वर्ष भन्दा कम उमेर समूहका मानिसलाई हुने बाथ हो । बच्चाहरुले पनि जोर्निको दुखाईको कम्प्लेन गर्छ । विशेष गरेर घुँडा सुन्निने, कुहिना, नारी सुन्निने त्यस्तो किसिमको प्रिजेन्टेसन लिएर आउँछन् । त्यसमा चोटपटक नलागीकन त्यस्तो किसीमको दुखाईहरु कम्प्लेन गरिरहेको छ भने बच्चामा हुने बाथ भयो की भनेर सल्लाह गर्छौ । बाथको उपचार मेडिसिनबाट गर्ने हो । मेडिसिन महगों छैन । मुख्यतः फिजियोथेरीपी एक्सरसाईज एकदमै जरुरी छ ।

फिजियोथेरीपी एक्सरसाईज गरेर र साधारण मेडिसिन खाएर नियन्त्रण गर्न सकिन्छ । निको हुने भन्दापनि बढ्न नदिने भनेर भन्छौँ । त्यसलाई कन्ट्रोल गरेर राख्ने, जसले गर्दा जोर्नीमा भित्र कार्टीलेज भनेर हुन्छ, जोर्नीको कुर्कुरे हड्डी, जसले जोर्निको मुभमेन्टहरुलाई हेल्प गर्छ । त्यो ड्यामेज हुनबाट बचाउन सकियो भने जोर्नी बिग्रेको हुँदैन । कुनैपनि जोर्नीको दुखाई छ भने फिजियोथेरापीस्टको भुमिका अग्रणी छ । एक्सरसाईज नियमित गरियो भने धेरै किसिमको दुखाईबाट छुटकारा पाउन सकिन्छ । ’

फिजियोथेरापीस्ट डा.प्रतिक पोख्रेलले बाथ भइसकेको जोर्नीमा योगाभ्यास गर्दा जोर्नी ड्यामेज गर्छ भन्ने गलत धारणा हटाउनुपर्ने बताउनु भयो । उहाँले बाथ रोगीहरुका लागि योगाभ्यासको भुमिका अग्रणी रहने भन्दै योगाभ्यासपछि थकाई लाग्नु सामान्य रहेको बताउनु भयो । उहाँले फिजियोथेरापिस्टको निगरानीमा योगाभ्यास गर्नुपर्ने बताउनु भयो । उहाँले उपयुक्त तरिकाले शारीरिक अभ्यास गरिए शरिर स्वस्थ र फुर्तिलो हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एक्सरसाईज गर्नाले दुखाई हुने भन्ने धारणा छ । एक्सरसाइज नगर्दाखेरी जति जोर्नीहरु नचलाईकन राखिन्छ र, झन् दुखाई हुन्छ । बाथ भइसकेको जोर्नीमा एक्सरसाईज गर्दा जोर्नी ड्यामेज गर्छ भन्ने गलत धारणा हटाउनुपर्छ । उपयुक्त तरिकाले एक्सरसाईज गरियो भने ज्वाइन्टलाइ झन् राम्रो बनाउने काम गर्छ । एक्सरसाईज गरेपछि थकित हुनु सामान्य कुरा हो । त्यसको लागि पनि फिजियोथेरापी महत्वपूर्ण छ । बाथ हुँदा कहिले काहीँ दुख्ने, बढी सुनिने, तातो हुने हुन्छ । फिजियोथेरापिष्टको निगरानीमा नबसेर एक्सरसाईज गर्दाखेरी सुझाव बिना एक्सरसाईज गर्दा कहिलेकाहीँ त्यस्तो हुनसक्छ । बाथ रोगका लागि शारीरिक अभ्यास एकदमै इम्पोर्टेन्ट छ ।’

अस्तव्यस्त जीवनशैलीका कारण ढाड तथा गर्दनको दुखाई पीडा बन्दै गएको छ । त्यसका लागि फिजियोथेरापिस्टको भुमिका अग्रणी रहने गर्छ ।