१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’

सर्वोच्च अदालतमा भोलिबाट ‘पेशी तारेख अटोमेशन सिस्टम’ शुरु हुने

सर्वोच्च अदालतमा भोलिबाट ‘पेशी तारेख अटोमेशन सिस्टम’ शुरु हुने
अ अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले भाद्र ११ गते (भोलि) देखि ‘पेशी तारेख अटोमेशन स्टिम’ शुरु गर्ने भएको छ ।

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालय भित्र हुने अनियमिततालाई कम गर्न पनि आफूले भोलीदेखि सो सिस्टम शुरु गर्न लागेको जानकारी दिनुभएको हो । आईतवार आफूलाई बधाई दिन कार्यकक्षमा पुगेका संवैधानिक तथा न्यायिक पत्रकार मञ्चमा आवद्ध पत्रकारहरुसँगको सामुहिक भेटमा उहाँले अदालत भित्र हुने अनियमितता हुनै नदिन पनि आफूले प्रविधिको प्रयोगमा जोड दिएको स्पष्ट पार्नुभयो ।

प्रधानन्यायाधीश श्रेष्ठले तारेख तोक्ने काममा कर्मचारीहरुको हस्तक्षेप हुन नदिने पनि आफूले सो अटोमेशन सिष्टमको शुरुवात गर्नुपरेको बताउनु भयो । उहाँले प्रविधिकै माध्यामबाट न्यायालयमाथि हुने जनगुनासो सम्बोधन गर्न आफूले चाहेको बताउनु भयो । सर्वोच्च अदालत पछि काठमाडौं जिल्ला अदालतमा तत्काल सो सिस्टम लागू गर्ने प्रधानन्यायाधीश श्रेष्ठको योजना छ । उहाँले न्याय सेवामा हुने अनियमितताको भने न्याय परिषद्बाट छानबिन हुने भएकाले त्यसमा चिन्ता गरिरहनु नपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘न्यायपालिका भित्र भएका अनियमितताका कुराहरु । अब त्यो त न्यायपालिका भित्र हुनसक्ने, भएका, हुने अनियमितताका कुराहरुलाई हामीले एउटा विधि र प्रणालीबाट सम्बोधन गर्नुपर्छ । सम्बोधन गर्ने क्रममा कतिपय कुराहरुलाई व्यवहारिक रुपमा पनि त्यसलाई सुक्ष्म रुपमा हेर्नुपर्ने, परख गर्नुपर्ने स्थिति आईपर्छ । सकभर हामीहरु चाहीँ एउटा प्रविधिबाटै जाऊ । प्रविधिमैंत्री भयो भने त्यस्ता भनाईहरु, त्यस्ता काम कारबाहीहरुको गुनासो कम आउँछ कि भन्ने कुरा भएको हुनाले भोली मात्रै मैले जुन अस्ती तपाईहरुको सामुन्ने भएको थिए । पेशी तारेख अटोमेशन शुभारम्भ । कि अब पेशी तारेख हुँदाखेरी कर्मचारीहरुले एउटा प्रविधिबाट मात्रै तोकिने, त्यसमा मानव हस्तक्षेप नहुने प्रविधि भोलिदेखि म शुभारम्भ गर्दैछु । यस्तैयस्तै माध्यामबाट हामी अनियमिततालाई छेक्ने, अनियमितता हुन नदिने आदि कुराहरु सानातिना व्यवस्थापकीय कार्यहरुबाट पनि गर्न सकिन्छ होला । प्रविधिमा म त धेरै भरोसा गर्दछु । मैले भने कि त्यो पूरा प्रविधिमैत्री छ । हरेक कुराहरु प्रविधिमै आवद्ध हुनुपर्ने, त्यो नभई हुँदै नहुने । कर्मचारीहरुले त्यो प्रविधिमा आवद्ध भएनन भने कामै अगाडि नबढ्ने । जान्नैपर्ने बाध्यता छ त्यो । गर्नैपर्ने बाध्यता छ, त्यो । त्यसलाई सफल पार्नु पाएदेखि सानातिना हामीमाथि लागेको जो होलान पनि । ती अनियमितताहरुलाई न्युनिकरण गर्न सकिन्छ कि भन्ने मलाई लागेको छ । त्यसैले अनियमितता हुने कुराहरुमा न्याय सेवा दिने क्रममा हुने अनियमितता त फेरि छुट्टै ढंगले त्यो छानबिन, जाँचबुझ हुन्छ नै । त्यो त अध्ययन भई नै रहन्छ । न्याय परिषद छ । न्याय परिषद्ले हेर्छ । हेरिराखेको छ ।’

प्रधानन्यायाधीश श्रेष्ठले न्यायाधीश नियुक्ति प्रक्रिया आफूले शुरु गरिसकेको उल्लेख गर्दै त्यसको नतिजा छिट्टै आउने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले न्यायाधीश नियुक्ती नगरी नहुने भएकाले आफू त्यसमा लागि परेको बताउनु भयो । मुद्दाको बोझ धेरै भएको तर दरबन्दी अनुसारको न्यायाधीशहरु समेत नहुँदा अपm्ठ्यारो भइरहेको प्रधानन्यायाधीश श्रेष्ठको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘न्यायाधिश नियुक्तीको विषय म तत्काल गरिहाल्छु । न्यायाधीश नियुक्ती नगरी नहुने भएको छ । त्यो मैले महशुस गरेको छु । म त्यसमा लागि सकेको छु । छिट्टै त्यो नतिजामा आउँछ होला । साथीहरु कम छ । मुद्दाहरुको बोझ छ ।’

प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयप्रति जनआस्था जगाउने गरी सञ्चार संप्रेषण गर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो ।