१४ असार २०८३, आईतवार
,
Latest
आर्थिक विधेयक २०८३ः पुँजीगत खर्च र करका दरबारे सांसदहरूको ध्यानाकर्षण आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटन अझै केही समय लाग्नेछः अर्थमन्त्री वाग्ले नेपाल टेलिकमले ल्यायो स्वतः नवीकरण हुने ‘सब्स्क्रिप्सन बेस्ड’ प्रिपेड प्याकेज आगामी वर्षबाट पुँजीगत खर्चको परम्परागत हविगत तोड्छौँः अर्थमन्त्री डा. वाग्ले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड समता करले गरिबलाई असर पर्दैन, सार्वजनिक शिक्षा र स्वास्थ्य सुधारमै खर्च हुन्छ : अर्थमन्त्री वाग्ले सार्वजनिक शिक्षा र स्वास्थ्यको सुधारका लागि करको दायरा विस्तार गरिएको होः अर्थमन्त्री डा. वाग्ले ‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारका नायकहरुको “साँडे डुक्राइ” अति भयो !



अ+ अ-

अमेरिकामा एकताका राष्ट्रपति ट्रम्पको साँडे डुक्राइ निकै चर्चामा रहने गरेको थियो । उहाँले विभिन्न किसिमका अरिंगाल समूहहरु बनाएर आफ्नो जयजयकार गराउनु हुन्थ्यो ।ती अरिंगालको माध्यमबाट अन्तिमसम्म पनि अनेकौं वितण्डा मच्चाइरहनुभयो ।

अमेरिकाको पुरानो र प्रजातन्त्रको मुख्य पहरेदार मानिएको रिपब्लिकन पार्टीको साखमा समेत धब्बा लगाइदिनु भयो । उहाँको साँडे डुक्राइका सम्बन्धमा कयौं पुस्तक, लेख र टिप्पणीहरु तयार भए ।

उहाँको साँडे डुक्राइलाई ४ वर्षपछि जनताले अन्त्य गरिदिए र त्यतिवेला सत्तामा रहँदा गरेका वितण्डाका लागि अहिले विभिन्न तहका अदालतमा आत्मसमर्पण गर्दै हिंड्नु परेको छ ।

अमेरिकामा प्रजातान्त्रिक मूल्य मान्यता र विधिको शासन भएकोले यो सम्भव भइरहेछ ।

नेपालमा भने साँडे डुक्राइको गति झन् झन् बढिरहेकोछ ।

भ्रष्टाचारका नायकहरुको साँडे डुक्राइले देशको अस्तित्व र छविमै आघात पुगिरहेकोछ ।

नीतिगत भ्रष्टाचार गर्नेहरु नै कानुन र न्यायिक प्रणाली माथि धावा बोल्न पछि पर्दैनन् ।

कतिपय भ्रष्टाचारका नायकहरु आफुलाई भ्रष्टाचारको मुद्धा लगाउलान् भनेर अख्तियारको प्रमुख तथा प्रधान न्यायाधीशहरु उपर महाभियोग प्रस्ताव दर्ता गर्छन् र त्यसलाई टुङ्गोमा नपुर्याइ बखेडा झिक्छन् । अनि भ्रष्टाचारको नियन्त्रण गर्ने भनेर ठूला भाषण दिन्छन् । जव आफ्नै गठबन्धनका मान्छे र पार्टीका सहयोगी र तिनका सन्तानहरु भ्रष्टाचार लगायतका अपराधमा संलग्न भएको प्रमाण भेटिन थाल्छ अनि अनुसन्धान गरिरहेका राष्ट्र सेवकहरुको सरुवा गरेर अपराधीलाई बचाउन लागिपर्छन् ।

भ्रष्टाचारबाट बच्न र बचाउन सत्तामा रहनै पर्ने मानसिकताले गाँजेकाहरु जस्तोसुकै गठबन्धन गर्न तयार हुने गरेको देखिन्छ ।अझ उनिहरु नै साँडे डुक्राइमा अग्रस्थानमा रहने गरेका छन् ।

नीतिगत भ्रष्टाचार गर्ने अनि मलाई गलत कुरा हो भन्ने थाहा भएन भन्दै पन्छिन्छन् । त्यति मात्र हो र ! अनुसन्धान गर्ने निकायमा गई बयान दिनुको सट्टा राष्ट्रसेवकलाई आफ्नु घरमा बोलाएर बयान गराउने जस्तो घृणित कार्य गर्ने गराउने समेत गर्न थालेका छन् ।

कतिपय भ्रष्टाचारका नायकहरु आफ्नो मान्छेले गरेको भ्रष्टाचार वा अपराध बाहिर आउनासाथ उ त निर्दोष छ भनेर संरक्षणको प्रयास गरिहाल्छन् । संसदीय समितिले गरेको छानविन अस्वीकार गर्दै अर्को आयोग गठन गरेको घोषणा गर्छन् तर आयोगलाई कामै गराउँदैनन् । अनि भन्ने गर्छन् म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न ।

भ्रष्टाचार सम्बन्धी कानुनलाई कमजोर बनाउन विधेयक पेश गर्छन् र पार्टीको ह्वीप लाएर पास गराउन सहयोग गर्छन् । अनि भन्छन् भ्रष्टाचार नियन्त्रण नै मेरो लक्ष्य हो ।

संसदमा बहुमतको आडमा विचौलिया र भूमाफियाको अगुवाइमा उनिहरुको इच्छा अनुसार भूमी सम्बन्धी ऐन र नेपाल ट्रष्ट ऐनमा संशोधन गरी सार्वजनिक र सरकारी जग्गाको दोहन गर्ने बाटो खुलाउँछन् र त्यसको आडमा भएका भ्रष्टाचारमा कारवाही गरेर देखाऊ भनेर साँडे डुक्राइ गर्छन् । अनि भन्छन् कसैले गोली हान्न सक्छ हत्कडी लाउन सक्तैन । धन्न गुठी सम्बन्धी विधेयकमा काठमाण्डौका सचेत जनताले समयमा नै रोक लगाए नत्र गुठी सम्बन्धी जग्गाहरुको पनि वेहाल हुने थियो ।

नीति वा कानुनमा कसैको स्वार्थले काम गर्न सक्छ । गल्ति हुन सक्छ । तर थाहा भएपछि नेताहरुले त्यसलाई सच्याइहाल्नु पर्छ । तर नेपालका नेताहरुले नीतिगत निर्णयको नाममा भ्रष्टाचारलाई बढाइरहेछन् । सार्वजनिक र सरकारी जग्गाहरु व्यक्तिको नाउँमा जाने बाटो खोलिदिएका छन् ।

जनस्वास्थ्य सेवा ऐनले विदेशमा उपचार गरेको खर्च नेपाल सरकारले नव्यहोर्ने व्यवस्था गरेको छ । तर त्यस प्रावधानको विपरित मन्त्रिपरिषदको निर्णयले ठूलाठालुहरुलाई उपचार खर्च दिइरहेका छन् । यो नीतिगत भ्रष्टाचार हो । यसलाई नरोके भविष्यमा ठूलो समस्या आउन सक्छ ।

अव यस किसिमको साँडे डुक्राइ त्यागेर जनताको पक्षमा काम नगरे नेताहरुको भविष्यको जीवन दुखदायी हुन सक्छ है ।

यो साँडे डुक्राइ अति भइसक्यो ।