• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

घट्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज मंगलबार सुन–चाँदीको मूल्य घटेको छ ।

आज छापावाल सुन प्रतितोला तीन सय रुपैयाँले घटेर एक लाख १२ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै मंगलबार तेजाबी सुन प्रतितोला एक लाख ११ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो उक्त सुन प्रतितोला एक लाख ११ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर १४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।