• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

एमालेले संसदमा सुन प्रकरणबारे अनुसन्धान गर्न छानबिन समितिको प्रस्ताव गर्ने



फाईल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न समिति बनाउन प्रस्ताव गर्ने भएको छ ।

कार्यव्यवस्था समितिको बैठकमा आकस्मिक समयमा सबैलाई आ-आफ्नो कुरा राख्न दिने र छानबिनका लागि विशेष समिति बैठक बोलाउन प्रस्ताव गर्ने सहमति भएको हो।

एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारले समिति गठन गर्ने प्रतिबद्धता नजनाए बैठक पुन: अवरोध गर्ने बताए । उनले यसबारे अहिलेसम्म सरकारबाट कुनै जवाफ नआएको र एमाले चुप लागेर नबस्ने बताए । एमालेले सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठकै संलग्नता रहेको भन्दै राजीनामा मागिरहेको छ ।

प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि बोलाइए पनि कार्यव्यवस्था समितिको बैठक लम्बिएकाले सुरू भएको छैन ।