५ पुष २०८२, शनिबार
,
Latest
बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीताले मृत्यु पनि निकै शान्त रोजिन्– प्रधानमन्त्री प्रचण्ड



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नी पत्नी सीता दाहालले मृत्यु पनि निकै शान्त रोजेको बताएउनुभएको छ ।

मंगलबार बिहान बालुवाटारमा आयोजित श्रद्धाञ्जली सभामा उहाँले सीता विरामी भएपछि राज्यबाट कुनै सुविधा नलिइकनै उनको उपचार गरिएको बताउनुभयो । उनलाई निको पार्न आफूहरु उपचारका लागि हरतरहबाट लागिपरेको उहाँको भनाइ थियो ।

अन्तिम अवस्थामा अस्पतालको आइसीयु वा भेन्टिलेटरमा उनको पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने चिन्ता लागे पनि बाँच्दासम्म सीताले अरूलाई पीडा नदिएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । उहाँले भन्नुभयो, “सीताले मृत्यु पनि निकै शान्त रोजिन् । साढे सात बजे अस्पताल लगेकोमा लगभग ८:३० मा उनी बिदा भइन् ।”

प्रधानमन्त्री प्रचण्डले सीताप्रति श्रद्धाञ्जली दिने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले अस्पतालदेखि पार्टी कार्यालयसम्म र आर्यघाटदेखि बालुवाटारसम्म सीताले पाएको सम्मान र श्रद्धाञ्जली उनको त्याग तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान भएको बताउनुभयो ।

“उनको मृत्युमा प्रकट भएको जनअभिव्यक्ति र जनाउभारले मलाई र मेरो परिवारलाई देश र जनताप्रति अझ ठूलो जिम्मेवारी बोध गराएको छ”, उहाँले भन्नुभयो।

शोकको घडीमा समाजका सबै क्षेत्र, तह, तप्का र मित्रराष्ट्रसहित सबैजसो सरकार प्रमुखबाट प्राप्त सहानुभूतिप्रति उहाँले आभार प्रकट गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले सबैतिरबाट पाएको साथले आफूलाई देश र जनताप्रति थप जिम्मेवार हुन प्रेरित गरेको महसुस भएको उल्लेख गर्नुभयो ।

श्रद्धाञ्जली सभामा उपराष्ट्रपति, पूर्वउपराष्ट्रपति ,सभामुख, राष्ट्रियसभा अध्यक्ष,पूर्व प्रधानमन्त्रीहरू, मन्त्रीहरू, कूटनीतिज्ञहरूका साथै समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी हुनुहुन्थ्यो ।

फोटो -प्रधानमन्त्रीको सचिवालय