८ असार २०८३, सोमबार
,
Latest
ई–पासपोर्ट छपाइ ठेक्का प्रकरण : अख्तियारले आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीताले मृत्यु पनि निकै शान्त रोजिन्– प्रधानमन्त्री प्रचण्ड



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नी पत्नी सीता दाहालले मृत्यु पनि निकै शान्त रोजेको बताएउनुभएको छ ।

मंगलबार बिहान बालुवाटारमा आयोजित श्रद्धाञ्जली सभामा उहाँले सीता विरामी भएपछि राज्यबाट कुनै सुविधा नलिइकनै उनको उपचार गरिएको बताउनुभयो । उनलाई निको पार्न आफूहरु उपचारका लागि हरतरहबाट लागिपरेको उहाँको भनाइ थियो ।

अन्तिम अवस्थामा अस्पतालको आइसीयु वा भेन्टिलेटरमा उनको पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने चिन्ता लागे पनि बाँच्दासम्म सीताले अरूलाई पीडा नदिएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । उहाँले भन्नुभयो, “सीताले मृत्यु पनि निकै शान्त रोजिन् । साढे सात बजे अस्पताल लगेकोमा लगभग ८:३० मा उनी बिदा भइन् ।”

प्रधानमन्त्री प्रचण्डले सीताप्रति श्रद्धाञ्जली दिने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले अस्पतालदेखि पार्टी कार्यालयसम्म र आर्यघाटदेखि बालुवाटारसम्म सीताले पाएको सम्मान र श्रद्धाञ्जली उनको त्याग तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान भएको बताउनुभयो ।

“उनको मृत्युमा प्रकट भएको जनअभिव्यक्ति र जनाउभारले मलाई र मेरो परिवारलाई देश र जनताप्रति अझ ठूलो जिम्मेवारी बोध गराएको छ”, उहाँले भन्नुभयो।

शोकको घडीमा समाजका सबै क्षेत्र, तह, तप्का र मित्रराष्ट्रसहित सबैजसो सरकार प्रमुखबाट प्राप्त सहानुभूतिप्रति उहाँले आभार प्रकट गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले सबैतिरबाट पाएको साथले आफूलाई देश र जनताप्रति थप जिम्मेवार हुन प्रेरित गरेको महसुस भएको उल्लेख गर्नुभयो ।

श्रद्धाञ्जली सभामा उपराष्ट्रपति, पूर्वउपराष्ट्रपति ,सभामुख, राष्ट्रियसभा अध्यक्ष,पूर्व प्रधानमन्त्रीहरू, मन्त्रीहरू, कूटनीतिज्ञहरूका साथै समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी हुनुहुन्थ्यो ।

फोटो -प्रधानमन्त्रीको सचिवालय