२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनाको भूमिका र संख्या कटौतिका वारेमा बहस हुनु दुःखद: महासचिब पोखरेल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिब शंकर पोखरेलले नेपाली सेनाको भूमिका र संख्या कटौतिका वारेमा बहसहुनु दुःखद पक्ष भएको जनाउनु भएको छ ।

संसदमा केही सासदले सेनाको संख्या घटाउनु पर्ने आबाज उठाईरहेका बेला महासचिब पोखरेलले राज्य कमजोर बनेको अवस्थामा नेपाली सेनाको भूमिका र संख्या कटौतिका वारेमा बहसहुनु दुःखद पक्ष भएको जनाउनु भएको हो ।

साामजिक संञ्जालमा पोखरेलले लेख्नुभएको छ –

नेपाली राजनीति अस्थिरताको शिकार भएको, सामाजिक अराजकताका कारणले राज्य कमजोर बनेको अवस्थामा नेपाली सेनाको भूमिका र संख्या कटौतिका वारेमा बहसहुनु दुःखद पक्ष हो । नेपाली सेनाको संख्या राष्ट्रको सुरक्षासंग मात्र होइन अन्तर्राष्ट्रिय शान्ति मिसनसंग पनि जोडिएको विषय हो । त्यसमाथि नेपाल सरकारले नेपाली सेनालाई आन्तरिक सुरक्षाका साथै विकास र विपदाको समयमा समेत प्रभावकारी रुपमा परिचालन गर्ने गरेको छ ।

निश्चयनै अन्य संस्थाजस्तै नेपाली सेनामा पनि समयानुकुल सुधार गर्नु र त्यसको व्यावसायिक दक्षतामा अभिवृद्धिगर्नु आवश्यक छ । तर मुलुकलाई राजनीतिक अस्थिरता र सामाजिक अराजकताको दुश्चक्रमा पारेर सार्वभौमसत्तालाई नै आघात पुर्याउने कुप्रयास भइरहेका वेलामा नेपाली सेनाको भूमिका र यसको औचित्यका वारेमा अनावश्यक रुपमा बहसहुनु दुःखद पक्ष हो । नेपाल राष्ट्र र नेपाली जनताको हितका लागि नेपाली सेनाको गौरवपूर्ण भूमिकाको अभिवृद्धि नै हामी सबैको सरोकारको विषय हो र हुनु पर्दछ।