३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधान सेनापतीद्धारा कञ्चनपुरमा निर्माणाधिन होल्डिङ सेन्टरको निरीक्षण (भिडियो सहित)



अ+ अ-

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा निर्माणाधिन होल्डिङ सेन्टरको निरीक्षण गर्नु भएको छ । 

रक्षासचिव किरणराज शर्मासहित सुदूरपश्चिम प्रदेश पुग्नुभएका सेनापती शर्माले शुक्रबार बिहान एक हजार क्षमताको सो निर्माणाधिन होल्डिङ सेन्टर निरीक्षण गर्नु भएको हो । गत वैशाख महिनामा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम नेपाली सेनाले निर्माण गर्ने भनिएको होल्डिङ सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपाली सेनामार्फत् होल्डिङ सेन्टर निर्माणको ठेक्का पाएको हनुमान कन्सट्रक्सन प्रालिले सेन्टरको निमार्णको कार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।  सो कन्सट्रक्सनका साईट इन्चार्ज लक्ष्मण सापकोटाले होल्डिङ सेन्टरको निर्माण कार्य ९५ प्रतिशत सकिएको र बाँकि काम यही फागुन मसान्तभित्र सम्पन्न गरी सम्बन्धित प्रदेश सरकारलाई हस्तान्तरण गर्ने जानकारी प्रधानसेनापति शर्मालाई गराउनु भएको थियो ।

सेनाको श्री नम्बर २५ बाहिरी अड्डा भगतपुर ब्यारेकले होल्डिङ सेन्टरको निर्माणको काम हेरिरहेको छ । बाहिनीले निर्माण कार्यको अनुगमन तथा सुपरिवेक्षण गर्ने गरेको छ । निरीक्षणका क्रममा प्रधानसेनापति शर्माले पारदर्शी ढंगले सो सेन्टरको बाँकि काम छिट्टै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनु भयो । उहाँले सो सेन्टर निर्माणका लागि सरकारले बजेटको अभाव हुन नदिने विश्वास समेत व्यक्त गर्नु भयो ।

उता, कन्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले प्रधान सेनापति शर्मा, रक्षासचिव किरणराज शर्मासहितको टोलीको निरीक्षण पछि सो सेन्टरको बाँकि पनि छिट्टै पूरा हुने बताउनु भयो । उहाँले उहाँले सो सेन्टरका लागि खानेपानी र सडकको व्यवस्थापनको कामलाई पनि छिट्टै पूरा हुने गरी अघि बढाइएको बताउनु भयो ।

२९ करोडमा होल्डिङ सेन्टरको ठेक्का पाएको निर्माण कम्पनीले फाल्गुन मसान्त सम्म होल्डिङ सेन्टर सेनालाई हस्तान्तरण गर्ने जनाएको छ । तीन बिगाहा क्षेत्रफलमा निर्माण भईरहेकोस्थायी होल्डिङ सेन्टरको बाइस वटा अलग अलग ब्लग निर्माण भएका छन् । निर्माण भएका सबै ब्लगमा बाधरुम, भान्सा, डाइनिङ रुमलगायतको महत्वपूण सेवासुविधा सहित होल्डिङ सेन्टर निर्माण भएको छ ।

नेपाल सरकारले भारतबाट भित्रिएका नेपाली नागरिकहरूलाई कोरोना संक्रमण भए–नभएको परीक्षण गरेर मात्रै गन्तव्यमा जान दिने वा अस्पताल÷आइसोलेसनमा पठाउने गरी वैशाख महिनाको मन्त्रिपरिषद् निमार्णले नेपाल–भारत सीमानाका नजिकै ८ र उपत्यकामा २ गरी १० ठाउँमा प्रत्येकमा हजार जना मानिस अट्ने क्षमताका होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो । झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगन्ज, रूपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी तथा काठमाडौं उपत्यकामा दुई ठाउँमा संरचना बनाउने निर्णय गरिएको थियो । मन्त्रिपरिषद्को निर्णय बमोजिम नै कञ्चनपुरमा पनि होल्डिङ सेन्टर निर्माण भईरहेको हो ।