• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो ★   कांग्रेसले गिरिजाको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी गर्ने

कोशी प्रदेश सभाको बजेट अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट ल्याउने तयारी



कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की

मोरङ: कोशी प्रदेशमा एमाले नेतृत्वमा रहेको सरकार अल्पमतमा परेपछि चालु बजेट अधिवेशनलाई अन्त्य गरी अध्यादेशबाट बजेट ल्याउने तयारी थालिएको छ ।

वर्षे अधिवेशन जेठ १४ गते देखि शुरु भएर छैठौ बैठक आउँदासम्म सरकार अल्पमत परेको सेरोफेरोमा प्रदेश सरकारले बजेटको सिद्धान्त र प्राथमिकता सदनमा छलफल गराएर आज छैठौँ बैठकमा प्रदेश प्रमुख परशुराम खापुङ्गबाट सदनमा सरकारको नीति तथा कार्यक्रम पनि सार्वजनिक भइसकेको छ ।

सरकार बाहिरका दल नेपाली कांग्रेस संसदीय दलको तर्फबाट केदार कार्की, नेकपा एमाले एकीकृत समाजवादीको तर्फबाट राजेन्द्रुकुमार राई र नेकपा माओवादी केन्द्रको तर्फबाट गणेशप्रसाद उप्रेतीले सरकार अल्पमतमा परीसकेपछि यात विश्वासको मत लिनु पर्छ नभए सरकारबाट राजिनामा दिएर मार्ग प्रशस्त गर्नु पर्छ भनेर प्रदेश सभामा आवाज उठाउनु भएको थियो ।

अल्पमतमा परेका सरकारले चालु अधिवेशनलाई अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउन खोज्नु संविधान विपरीत रहेको टिप्पणी गरिरहनु भएका दलका नेताको आवाजलाई सत्तापक्ष नेकपा एमाले संसदीय दलका तर्फबाट प्रदेश सदस्य रेवतीरमण भण्डारीले जवाफ फर्काउनुभएको थियो ।

May be an image of text that says 'नपाल सरकार प्रदेश प्रमुखको कार्यालय कोशी प्रदेश विराटनगर कोन कार्ीलव ਅhচ ०२१-४२२७२५ ०२१-४२२६४७ विजप्ति कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुरज्यूले नेपालको संविधानको धारा ੧5३ को उपधारा (२) बमोजिम कोशी प्रदेश सरकार (मन्त्रपरिषद्) को मिति २०६०/२/३१ गतेको सिफारिसमा संवत् २०६० साल जेठ ३१ गते बुधबार रातको १२:०० बजेदेखि प्रदेश सभाको चालु दोसो तथा बजेट अधिवेशन अन्त्य गर्नुभएको छ २०६० साल जेठ ३१ गते बुधवार। नरेन्द्र कुमार श्रेष्ठ प्रवक्ता पवकर opcpn1@gmail.com, website: oph.p1.gov.np'

सबै विकल्प बन्द भएपछि कानूनले दिएको अधिकार प्रयोग गरी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउने उद्घोष गरेको केही समय नबित्दै सदन स्थगन भएको सूचना जारी भएको छ ।

यसैबीच कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले जेठ ३१ गते बुधवार राति १२:०० बजेदेखि प्रदेश सभाको चालु दोस्रो तथा बजेट अधिवेशन अन्त्य गर्नु भएको छ।

प्रदेश प्रमुख खापुङ्गले कोशी प्रदेश सरकार मन्त्रिपरिषदको जेठ ३१ गतेको सिफारिश अनुसार नेपालको संविधान धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको अधिवेशन अन्त्य गर्नु भएको हो ।

प्रदेश सभाको आज दिउँसो बसेको वैठकले प्रदेश सभाको अर्को बैठक बिहिवार दिनको ११ बजे वस्ने सभामुख बाबुराम गौतमले सदनलाई जानकारी दिनु भएको थियो । रासस