१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

कोशी प्रदेश सभाको बजेट अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट ल्याउने तयारी

कोशी प्रदेश सभाको बजेट अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट ल्याउने तयारी
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की
अ अ+ अ-

मोरङ: कोशी प्रदेशमा एमाले नेतृत्वमा रहेको सरकार अल्पमतमा परेपछि चालु बजेट अधिवेशनलाई अन्त्य गरी अध्यादेशबाट बजेट ल्याउने तयारी थालिएको छ ।

वर्षे अधिवेशन जेठ १४ गते देखि शुरु भएर छैठौ बैठक आउँदासम्म सरकार अल्पमत परेको सेरोफेरोमा प्रदेश सरकारले बजेटको सिद्धान्त र प्राथमिकता सदनमा छलफल गराएर आज छैठौँ बैठकमा प्रदेश प्रमुख परशुराम खापुङ्गबाट सदनमा सरकारको नीति तथा कार्यक्रम पनि सार्वजनिक भइसकेको छ ।

सरकार बाहिरका दल नेपाली कांग्रेस संसदीय दलको तर्फबाट केदार कार्की, नेकपा एमाले एकीकृत समाजवादीको तर्फबाट राजेन्द्रुकुमार राई र नेकपा माओवादी केन्द्रको तर्फबाट गणेशप्रसाद उप्रेतीले सरकार अल्पमतमा परीसकेपछि यात विश्वासको मत लिनु पर्छ नभए सरकारबाट राजिनामा दिएर मार्ग प्रशस्त गर्नु पर्छ भनेर प्रदेश सभामा आवाज उठाउनु भएको थियो ।

अल्पमतमा परेका सरकारले चालु अधिवेशनलाई अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउन खोज्नु संविधान विपरीत रहेको टिप्पणी गरिरहनु भएका दलका नेताको आवाजलाई सत्तापक्ष नेकपा एमाले संसदीय दलका तर्फबाट प्रदेश सदस्य रेवतीरमण भण्डारीले जवाफ फर्काउनुभएको थियो ।

May be an image of text that says 'नपाल सरकार प्रदेश प्रमुखको कार्यालय कोशी प्रदेश विराटनगर कोन कार्ीलव ਅhচ ०२१-४२२७२५ ०२१-४२२६४७ विजप्ति कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुरज्यूले नेपालको संविधानको धारा ੧5३ को उपधारा (२) बमोजिम कोशी प्रदेश सरकार (मन्त्रपरिषद्) को मिति २०६०/२/३१ गतेको सिफारिसमा संवत् २०६० साल जेठ ३१ गते बुधबार रातको १२:०० बजेदेखि प्रदेश सभाको चालु दोसो तथा बजेट अधिवेशन अन्त्य गर्नुभएको छ २०६० साल जेठ ३१ गते बुधवार। नरेन्द्र कुमार श्रेष्ठ प्रवक्ता पवकर opcpn1@gmail.com, website: oph.p1.gov.np'

सबै विकल्प बन्द भएपछि कानूनले दिएको अधिकार प्रयोग गरी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउने उद्घोष गरेको केही समय नबित्दै सदन स्थगन भएको सूचना जारी भएको छ ।

यसैबीच कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले जेठ ३१ गते बुधवार राति १२:०० बजेदेखि प्रदेश सभाको चालु दोस्रो तथा बजेट अधिवेशन अन्त्य गर्नु भएको छ।

प्रदेश प्रमुख खापुङ्गले कोशी प्रदेश सरकार मन्त्रिपरिषदको जेठ ३१ गतेको सिफारिश अनुसार नेपालको संविधान धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको अधिवेशन अन्त्य गर्नु भएको हो ।

प्रदेश सभाको आज दिउँसो बसेको वैठकले प्रदेश सभाको अर्को बैठक बिहिवार दिनको ११ बजे वस्ने सभामुख बाबुराम गौतमले सदनलाई जानकारी दिनु भएको थियो । रासस