१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार

चिट्ठी बाँड्नेको कथाः ‘हल्कारा’

चिट्ठी बाँड्नेको कथाः ‘हल्कारा’
अ अ+ अ-

काठमाडौँ । अहिले प्रविधिमय जीवन छ । कसैलाई केही भन्नु छ वा सन्देश पुर्याउनु छ भने सहज छ । प्रविधिले दिएको यो सहजताको समयमा गाउँगाउँ पुगेर चिट्ठी वितरण गर्ने हुलाकी अर्थात् ‘हल्कारा’ को कथामा चलचित्र बनेको छ ।

कलात्मक शैलीलाई उजागर गरेर तयार गरिएको चलचित्र बजारमा आइरहेका मसालेदारभन्दा कम नरहेको निर्देशक विक्रम सापकोटाले जानकारी दिए । चलचित्रले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले हुलाकीको आँखाबाट भनिएको जीवनको मर्मस्पर्शी कथा बोकेको चलचित्रले वैदेशिक रोजगारीको आयामलाई प्रस्तुत गर्ने बताए ।

“हामीले हुलाकीको सपना र अन्तरसङ्घर्षलाई प्रस्तुत गरेका छौँ । योसँगै गाउँको परिस्थिति, सामाजिक सचेतना पनि समेटेका छौँ । वैदेशिक रोजगारीमा रहेकाले यसलाई नजिकबाट महसुस गर्नु हुनेछ”, निर्देशक सापकोटाले भने । उनले नेपालमा स्थापित चलचित्रको भाष्य शैलीमा समेत यसले परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन् । उनी आफ्नो चलचित्रलाई पूर्णरूपमा व्यावसायिक भन्न रूचाउँछन् । यद्यपि ‘हल्कारा’ लाई कालोपोथी, सेतो सूर्य, ऐना झ्यालको पुतलीको श्रेणीमा बुझिएको छ । निर्देशक सापकोटा श्रेणीगत भिन्नतामा सहमत छैनन् ।

“नेपालमा व्यावसायिक चलचित्रको परिभाषा फेरिएको छ । मनोरञ्जन जसरी पनि लिन सकिन्छ । एउटा गीत, एउटा द्वन्द्व र हास्य दृश्यलाई मात्र मूलधारको चलचित्र भनेर व्याख्या गरिनु सही होइन”, निर्देशक सापकोटाले भने, “मेरो चलचित्रमा ठूला दृश्य, चलचित्र भवनमा अनुभव गरिने ध्वनि छन् । यसले दिने मनोरञ्जनको शैली भने फरक हुन सक्छ ।”

चलचित्रमा शीर्ष भूमिकामा अभिनेता महेश त्रिपाठीले निर्वाह गरेका छन् । हुलाकीलाई बाल्यकालमा देखेका अभिनेता त्रिपाठीलाई चरित्र निर्माण गर्न निर्देशक सापकोटाले पटकथामा तयार पार्नुभएको पात्रले सहज बनायो । “निर्देशकले दिनुभएको पटकथाले मेरो बाल्यकालको स्मृतिलाई ताजा बनायो । हुलाकीसँग जोडिएको सन्दर्भ सम्झेँ । आफ्नो पात्रलाई पढेपछि बाध्यता र स्थितिलाई महसुस गरेँ”, अभिनेता त्रिपाठीले भने, “यो पात्रले आफ्नो अव्यक्त चाहना, सामाजिक दायित्व र आर्थिक पाटोलाई सबल बनाउन सङ्घर्ष गरिरहेको छ । हल्काराको आँखाबाट त्यो समय, परिस्थितिलाई सहजै देख्न र महसुस गर्न सकिन्छ ।”

अभिनेता त्रिपाठीले यही चलचित्रमार्फत अमेरिकाको वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । उनीसँगै छायाँकारले अवार्ड जितेपछि चलचित्रको चर्चा सुरु भएको अभिनेता त्रिपाठीले बताए । उनले भने, “हामीले मौलिक विषयलाई उठान गरेर चलचित्रमा ल्याएका छौँ । तर हामीलाई विदेशीले राम्रो छ भनेर प्रमाणित गरेपछि मात्र एक वर्गले विश्वास गर्नु हुन्छ । नेपाली मौलिक विषयलाई पर्दासम्म ल्याउन प्रोत्साहित गर्ने दायित्व दर्शकको पनि हुन्छ ।”

चलचित्रमा हल्काराको श्रीमतीको भूमिका विनिता थापामगरले निर्वाह गरेकी छन् । रङ्गमञ्च हुँदै चलचित्रको पर्दामा आइपुगेकी अभिनेत्री थापामगरले अडिसन दिएर पात्रलाई प्राप्त गरेकी थिइन् । “यो पात्रलाई मैले आफ्नो कलाकारिताको अनुभवलाई मिसाएर पूर्ण गरेकी छु । उसको पनि आफ्नै चाहना छ । केही सामाजिक प्रभाव पनि हुन सक्छ”, अभिनेत्री थापामगरले भनिन्, “यसमा अभिनेत्रीको परिभाषालाई पछ्याइएको छैन । उसको सुन्दरता अनुहारमा नभई पात्रको विभिन्न आयाममा झल्किन्छ । पात्र बाँचेकी छु ।”

चलचित्रलाई सार्वजनिक प्रदर्शनमा ल्याउनुअगाडि विभिन्न अन्तर्राष्ट्रिय चलचित्रसम्बन्धी महोत्सवमा सहभागी गराइयो । केहीमा पुरस्कार र केहीमा छनोट भएको निर्देशक सापकोटाले जानकारी दिए । “हाम्रो नेपालमा बनिरहेको चलचित्र सूत्रमै केन्द्रित छ । पटकथामा देखिएका दृश्यलाई छायाङ्कन गर्दा दृश्य व्याकरण नमिल्दो देखिन्छ । यी यस्तै केही कारणले विदेशमा आयोजना हुने महोत्सवमा हाम्रो चलचित्र सहजै सहभागी गराउँदैनन् । यद्यपि केही व्यक्तिको नामकै कारण चासो दिने पनि गरेका छन्”, निर्देशक सापकोटाले भने ।

चलचित्रमा उमेश तामाङ, पशुपति राई, दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारले अभिनय गरेका छन् । यसको लेखक निर्देशक सापकोटासँगै कवि विप्लव प्रतीक र आकाश बराल छन् । चिन्तन राजभण्डारी छायाँकार रहेको चलचित्रलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन् । वैशाख २९ गते प्रदर्शन तय गरिएको चलचित्रलाई जीजीए समूहअन्तर्गत रहेर करण श्रेष्ठले वितरण गर्दैछन् ।