२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

हर्क साम्पाङद्वारा वडाध्यक्षहरुको राजीनामा माग



फाइल फोटो
अ+ अ-

धरान । पटक–पटक कार्यापालिका बैठक बहिष्कार भएपछि सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ)ले फेरि वडाध्यक्षहरुको राजिनामा माग्नुभएको छ । यसअघि गत पुस १ गते पनि उहाँले कार्यपालिकासहित वडाध्यक्षहरुको राजीनामा माग्नुभएको थियो ।

“‘कसैले ‘म बैठक बस्दिन’ भन्न पाइँदैन त्यसैले कर्तव्य पुरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रसस्त बनाई आम धरानबासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ”, नगरप्रमुख सम्पाङले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

विगत केही महिनादेखि बिना कुनै खास कारण पटकपटक कार्यपालिका बैठक बहिष्कार गरेर जनादेशको अपमान गर्दै जनताको सुशासन र विकास पाउनुपर्ने अधिकारमाथि खेलबाट गरिरहेको र आफ्नो कर्तव्य पूरा नगरेको उहाँले वडाध्यक्षहरुमाथि आरोप लगाउनुभएको छ ।

वडाहरुमा के–कस्ता योजना, कार्यक्रम सम्पन्न भए भन्ने जानकारी मागेको कुरालाई असहमति राखिरहनु पर्ने कुनै कारण नभएको भन्दै उहाँले वडाहरुमा के कस्ता, के कति काम भएका छन तुरुन्तै सार्वजनिक गर्न वडाध्यक्षहरुलाई निर्देशन समेत दिनुभएको छ ।

जनताको विकासका कामहरु गर्न गराउन निर्णय गर्नुपर्ने महत्त्वपूर्ण बैठकलाई बहिष्कार गर्नेहरुप्रति खेद प्रकट गर्दै उहाँले स्थानीय सञ्चालन ऐन, २०७४ को धारा १६ (४) को घ (वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुको काम, कर्तव्य र अधिकार) को १ अनुसारको कर्तव्य पूरा नगरेको देखिएकोले तुरुन्तै सच्चिएर बैठकमा उपस्थित हुन आह्वान गर्नुभएको छ ।