१७ भाद्र २०८३, बुधबार
,
Latest
सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि जलवायू परिवर्तनबाट सिर्जित चुनौती: अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्धा स्थापित गराउनु आवश्यक इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा ‘अदालतलाई सूचना प्रविधि र जनमैत्री बनाउँदै लगेका छौँ’ ललितपुरमा ऐतिहासिक नृसिंह जात्रा सम्पन्न तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएईमा पदमले जिते ७० करोडको चिट्ठा



अ+ अ-

काठमाडौँ । यूएईमा कार्यरत एक नेपालीलाई झण्डै ७० करोड रुपैयाँ भन्दा बढीको चिट्ठा परेको छ ।

यूएईमा ड्राइभरको रूपमा कार्यरत नेपाली नागरिक पदमले महजुज राफल ड्र मार्फत २० मिलियन दिराम अर्थात् करिब ७१ करोड ७७ लाख ८२ हजार बराबरको चिट्ठा जितेको यूएईको स्थानीय सञ्चार माध्यम खाजिल टाइम्सले खबर लेखेको छ ।

खाजिल टाइम्सले उल्लेख गरे अनुसार पदमले चिट्ठाको पाँचै नम्बर मिलाएका छन् । उनले मिलाएको नम्बर ५, १०, ४१, ४६ र ४९ रहेको छ । सन् २०२३ मा पाँचै नम्बर मिलाएर पहिलो ठुलो चिट्ठा जित्ने पदम पहिलो सहभागी भएका हुन् । आफूले जितेको रकम बुझ्दै पदमले भने आफूलाई अझै पनि विश्वास नलागेको प्रतिक्रिया दिएका छन् ।

यूएईमा गाडी चलाएर ५७ सय दिराम अर्थात् २ लाख रुपैयाँ बराबर प्रत्येक महिना कमाउँदै आएका उनी २३ वर्षदेखि यूएईमा एउटै कम्पनीमा काम गरिरहेका छन् ।

समाचारमा नेपाली नागरिक पदमले चिट्ठा जितेको उल्लेख गरे पनि नेपालको ठेगाना र थर भने उल्लेख गरिएको छैन ।