• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

राष्ट्रपतिले नेपालमै उपचार गराउन चाहनुभएको थियो – प्रधानमन्त्री



तनहुँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलले नेपालकै अस्पतालमा उपचार गराउन चाहनुभएको बताउनुभएको छ ।

तनहुँको डुम्रेमा आयोजित बृहत चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो ।

स्वास्थ्यबारे डाक्टरहरूको निर्णय मान्नुपर्ने भएकोले राष्ट्रपतिलाई थप उपचारका लागि भारत लगिएको प्रधानमन्त्रीको भनाई छ ।

‘राष्ट्रपति अलिकति अस्वस्थ्य हुनुभएको पक्कै हो, तर गम्भीर होइन । धेरै चिन्ता गर्नुपर्ने स्थिति छैन। सुधार हुँदैछ ।’ प्रधानमन्त्रीले भन्नुभयो ‘उहाँले त यहीँ उपचार गर्न पाए हुन्थ्यो भन्दै हुनुहुन्थ्यो । हामीले पनि छलफल गरियो। राजनीतिबारे निर्णय त हामीले गर्ने हो तर उपचारबारे त डाक्टरहरूले जे भन्छन् त्यही मान्ने हो भनेर मैले उहाँलाई भनेको थिएँ । डाक्टरहरूले भनेपछि मात्र उहाँ उपचारका लागि भारत जान मान्नुभएको थियो ।’

श्री एयरलाइन्सको विमानबाट राष्ट्रपति पौडेललाई उपचारका लागि दिल्लीस्थित अल इन्डिया इन्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा लगिएको छ । एम्स अस्पतालमा उहाँको उपचार जारी छ ।