१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

राष्ट्रपतिले नेपालमै उपचार गराउन चाहनुभएको थियो – प्रधानमन्त्री

राष्ट्रपतिले नेपालमै उपचार गराउन चाहनुभएको थियो – प्रधानमन्त्री
अ अ+ अ-

तनहुँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलले नेपालकै अस्पतालमा उपचार गराउन चाहनुभएको बताउनुभएको छ ।

तनहुँको डुम्रेमा आयोजित बृहत चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो ।

स्वास्थ्यबारे डाक्टरहरूको निर्णय मान्नुपर्ने भएकोले राष्ट्रपतिलाई थप उपचारका लागि भारत लगिएको प्रधानमन्त्रीको भनाई छ ।

‘राष्ट्रपति अलिकति अस्वस्थ्य हुनुभएको पक्कै हो, तर गम्भीर होइन । धेरै चिन्ता गर्नुपर्ने स्थिति छैन। सुधार हुँदैछ ।’ प्रधानमन्त्रीले भन्नुभयो ‘उहाँले त यहीँ उपचार गर्न पाए हुन्थ्यो भन्दै हुनुहुन्थ्यो । हामीले पनि छलफल गरियो। राजनीतिबारे निर्णय त हामीले गर्ने हो तर उपचारबारे त डाक्टरहरूले जे भन्छन् त्यही मान्ने हो भनेर मैले उहाँलाई भनेको थिएँ । डाक्टरहरूले भनेपछि मात्र उहाँ उपचारका लागि भारत जान मान्नुभएको थियो ।’

श्री एयरलाइन्सको विमानबाट राष्ट्रपति पौडेललाई उपचारका लागि दिल्लीस्थित अल इन्डिया इन्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा लगिएको छ । एम्स अस्पतालमा उहाँको उपचार जारी छ ।