१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

ऐन निर्माणमा प्राथमिकता तोकेर काम गर्छौं: मन्त्री खड्का

ऐन निर्माणमा प्राथमिकता तोकेर काम गर्छौं: मन्त्री खड्का
अ अ+ अ-

काठमाडौँ । उपप्रधान, रक्षा एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले संघीय ऐनहरुको प्राथमिकता तोकेर छिटोभन्दा छिटो ल्याउने बताउनुभएको छ ।

बुधवार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्रीको कार्यभार सम्हाल्दै मन्त्री खड्काले ऐनहरु प्राथमिकता तोकेर अगाडी बढाउने बताउनुभएको हो ।

उहाँले कतिपय संघीय ऐनहरु संसदमा पुगेर रोकिएका र कतिपय निर्माणकै क्रममा रहेका उल्लेख गर्दै ति सबै ऐनहरुको प्राथमिकता तोकेर काम अगाडी बढाइने बताउनुभएको हो । उहाँले कानूनलाई पारित गर्ने सन्दर्भमा मन्त्रालयले खेल्नुपर्ने भुमिकालाई व्यवस्थित ढंगले गर्ने बताउनु भयो । मन्त्री खड्काले ऐनहरु निर्माण गरेर जनताका अधिकारहरुको कार्यान्वयन गराउनेतर्फ सरकारको ध्यान रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘कतिपय संसदमा पुगेर पनि रोकिएका संघीय ऐनहरु छन् । कतिपय नयाँ ऐनहरुको निर्माण गर्नुपर्ने काम छ । ति सबै कुराहरुलाई प्राथमिकतामा राखेर जुन ऐनहरु अगाडी बढिसकेका छन् ति ऐनहरुलाई चाँडो गतिमा संसदमा पेश भएका ऐनलाई संसदमार्फत पारित गर्ने कुरामा प्रयत्नशिल हुने । संसदमा पुर्‍याउनका लागि तयार भइरहेका कतिपय ऐनहरु कानून मन्त्रालयले आफ्नो काम सम्पन्न गरेर, विभिन्न मन्त्रालयहरुसँग समन्वय गरेर मन्त्रिपरिषद्मार्फत संसदमा कतिपय संघीय कानूनहरु पठाउनुपर्ने काम छन् ।

सँगसँगै न्यायपरिषद्सँग जोडिएका भुमिका निर्वाह गर्ने सन्दर्भमा पनि मन्त्रालयको अर्कोखालको भुमिका पनि छ । हामी चाँडै नै कानूनहरुलाई पारित गर्ने सन्दर्भमा मन्त्रालयले खेल्नुपर्ने भुमिकालाई हामी व्यवस्थित ढंगले टिम स्प्रिटमा सामुहिक रुपमा कार्ययोजना बनाउँछौँ । त्यही कार्ययोजना अनुसार प्राथमिकीकरण गर्दै संघीय ऐनहरुलाई चाँडोभन्दा चाँडो संसदमा भएकालाई संसदबाट पारित गर्ने, संसदमा पुर्‍याउनुपर्नेलाई संसदमा पुर्‍याउने । संविधानले जुन व्यवस्था गरेको छ, त्यो व्यवस्थालाई कार्यान्वयन गर्नका लागि ऐनहरुको निर्माण अनिवार्य छ । ऐनहरु निर्माण गरेर त्यहीमार्फत जनताका अधिकारहरुको कार्यान्वयन हुने भएकाले त्यसतर्फ हाम्रो गम्भिर ध्यान जानेछ । व्यवस्थित तरिकाले प्राथमिकताहरु तोक्दै निरन्तर रुपमा यि कामहरुलाई अगाडी बढाउने र हामीले पाएको जिम्मेवारीलाई सम्पन्न गराउने कुरामा हामीले आजदेखि नै छलफल प्रारम्भ गरिसकेका छौँ ।’

उहाँले प्रधानन्यायाधीश नियुक्तिको सम्बन्धमा थप आनौपचारिक छलफलको आवश्यकता परेकाले आज बसेको संवैधानिक परिषद्को बैठकले नियुक्ति प्रक्रिया अगाडी बढाउन नसकेको बताउनु भयो ।