१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

पर्वतमा आगलागीका घटना बढ्दो

पर्वतमा आगलागीका घटना बढ्दो
फाईल फोटो
अ अ+ अ-

पर्वत । पर्वतमा यस वर्ष आगलागीका घटना बढ्दै गएको छ । विगत वर्षको तुलनामा बढी गर्मी र खडेरी परेका कारण आगलागीका घटना मौलाउँदै गएको हो । यस वर्षको गर्मीयाम सुरु भएपछि हालसम्म तीन सय ५० हेक्टर वन क्षेत्रमा आगलागी भएको छ ।

जिल्लाका सातवटै पालिकामा रहेका सामुदायिक, व्यक्तिगत र सरकारी वनमा आगलागीका घटना बढेको डिभिजन वन कार्यालय पर्वतका प्रमुख विष्णु अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका सातवटै स्थानीय तहमा गरी अहिलेसम्म २९ वटा वनमा आगलागी भएको छ । आगलागी भएका अधिकांश ठाउँमा तीनवटै तहका सुरक्षाकर्मी, स्थानीयवासी र वन कार्यालयका कर्मचारीको सहकार्यमा निभाउने गरिएको छ । एकपटक निभाइसकेका ठाउँमा पनि पुन: आगलागी हुने गरेकाले समस्या बढेको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले गत चैत २५ देखि जिल्लामा आगलागीका घटना सुरु भएकोमा दुई साताकै अवधिमा २९ स्थानमा रहेका वनमा आगलागीका घटनाहरू घटेको बताउनुभयो । चैत २५ गते साँझ करिब साढे ५ बजेको समयमा कुश्मा नगरपालिका–१ पाङको मसुरबारीबाट आगलागीको सुरुआत भएको थियो ।

गत चैत २५ गते नै पैयूँ गाउँपालिका–३ बेहुलीबासमा, महाशिला गाउँपालिका–१ होश्राङदीको कुवापानी सामुदायिक बनमा, फलेवास नगरपालिका–८ ठानामौलाको खाल्टेमा व्यक्तिको पाखो बारीको भिरमा आगलागी भएको थियो । चैत २६ गते जलजला गाउँपालिका–८ नाग्लीवाङबाट सुरु भएको आगो नियन्त्रणमा लिन दुई दिन लागेको थियो ।

चैत २६ गते नै मोदी गाउँपालिकाको गिज्यानमा रहेको एक्ले फाँट सामुदायिक बनमा, कुश्मा नगरपालिका–१ पाङको मालढुङ्गामाथिको भिरमा, चैत २८ गते फलेवास नगरपालिका–८ ठानामौलामा रहेको सामुदायिक बनमा, कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा रहेको झाँक्री खोला सामुदायिक वनमा, फलेवास नगरपालिका–१० कुर्घामा रहेको कुर्घा सामुदायिक बनमा आगलागी भयो । चैत २९ गते कुश्मा नगरपालिका–२ खुर्कोटमा, कुश्मा नगरपालिका–८ चुवामा रहेको लहरे पानी रातो माटो सामुदायिक बनमा र यही वैशाख २ गते फलेवास नगरपालिका–४ मुडिकुवामा रहेको बनमा आगलागी भएको थियो ।

डिभिजन वन कार्यालय पर्वतका प्रमुख अधिकारीले धेरै ठाउँमा भएका आगलागीहरू नियन्त्रणमा आएको बताउनुभयो । बढ्दो गर्मी र खडेरीका कारण अझै पनि आगलागीका घटना बढ्दै गएका छन् । अधिकांश घटनामा मानवीय लापरबाही नै बढी देखिएको छ । पाखो तथा खरबारीमा राम्रो घाँस पलाउने आशामा नागरिकले आफैँ आगो लगाउने गरेका छन् भने खेतबारीमा बर्खेबाली लगाउनुअघि स्याउला, पात पतिङ्गर पोल्ने जस्ता प्रचलनले पनि आगलागी बढेको अधिकारीले बताउनुभयो ।

कार्यालयले आगलागीका घटना न्यूनीकरणका लागि जिल्लाभरका सामुदायिक वनका उपभोक्ताहरूलाई परिपत्र गरेको छ ।

आगलागी हुन नदिन र लागिहालेमा अपनाउनुपर्ने उपायका बारेमा आवश्यक योजना बनाएर कार्यान्वयन गर्ने निर्देशिकासहित परिपत्र गरेको जनाएको छ । आगलागीका घटनामा संलग्न व्यक्तिलाई वन ऐन २०७६ को दफा ५० को उपदफा ४ बमोजिम फौजदारी कसुर ठहरिने र यस्तो कार्य गर्नेलाई बिगो असुल उपर गरी तीन वर्षसम्म कैद र रु ६० हजारसम्म जरिवाना वा दुवै हुने व्यवस्था भए पनि अहिलेसम्म कसैलाई कारबाहीको दायरामा ल्याउन नसकिएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो ।

बढ्दो आगलागीका कारण पर्वतको वातावरण धुवाँमय बन्दा वायु प्रदूषण ह्वात्तै बढेको छ ।

पर्वत र आसपासको क्षेत्रको ‘भिजिबिलिटी’ कम हुँदा प्रकृतिलाई देख्नसमेत कठिन भइरहेको छ । तुवाँलो लागेजस्तै गरी बिहानदेखि धुवाँ फैलिँदा नजिकैको दूरीमा पनि देख्न समस्या भइरहेको छ भने आकाश मार्गसमेत प्रभावित भएको छ ।

स्वास्थ्यका दृष्टिले पनि यो अवस्था हानिकारक हुने पर्वत अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रुक्मिना अधिकारीले बताउनुभयो । धुवाँले हावाको गुणस्तर घटाउने भएकाले श्वासप्रश्वासमा कठिनाइ आउनाका साथै दम वा जटिल खालको ब्रोङकाइटिसजस्ता समस्याहरू निम्तिन सक्ने उहाँको भनाइ छ । रासस