५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा अध्यक्षको प्रेस सल्लाहकारमा शर्मा नियुक्त



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद शर्माको प्रेस सल्लाहकारमा दुर्गाप्रसाद शर्मा नियुक्त हुनुभएको छ ।

पर्वत निवासी शर्मालाई अध्यक्ष तिमिल्सिनाले मंगलबार प्रेस सल्लाहकार नियुक्त गर्नुभएको हो । शर्मा २४ वर्षदेखि पत्रकारितामा हुनुहुन्छ।

शर्माले विसं २०५६ मा न्यू धौलागिरि दैनिकबाट पत्रकारिता सुरु गर्नुभएको हो । यसअघि उहाँले न्यू कालीगण्डकी दैनिकका सम्पादक हुनुहुन्थ्यो ।

उहाँसँग नेपाल समाचार पत्र, पोखरापत्र दैनिक, ढोरपाटन दैनिक, उज्यालो एफएम, नेपाल वान टेलिभिजन, एबीसी टेलिभिजन, न्यूज २४ टेलिभिजन, दृष्टि साप्ताहिकलगायतका सञ्चार संस्थामा काम गरेको अनुभव छ।

शर्मा प्रेस चौतारी नेपालको पूर्ववरिष्ठ उपाध्यक्षसमेत हुनुहुन्छ ।