२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शनिबार पदम लिम्बुको अन्त्येष्टि हुने



अ+ अ-

विराटनगर । प्रदेश नामकरणको विरोधमा भएको प्रदर्शनका मृत्यु भएका पदम लिम्बू (लाजेहाङ) को अन्तेष्टि शनिबार गरिने भएको छ ।

कोशी प्रदेश नामकरणको विरोधमा गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा घाइते भएका लिम्बूको चैत १० गते उपचारका क्रममा मृत्यु भएको थियो ।

मृत्यु भएको २९ दिनपछि उनको अन्त्येष्टि गर्न लागिएको हो । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी केन्द्रीय उपाध्यक्ष विष्णु तुम्बाहाङ्फेका अनुसार वैशाख ९ गते शव यात्रापछि अन्त्येष्टि गरिने छ । अन्त्येष्टिअघि शवलाई अन्तिम श्रद्धाञ्जलिका लागि सुनसरीको धरान, इटहरी र विराटनगरमा राखिनेछ ।

मुख्यमन्त्री कार्यालय विराटनगर अगाडि केही समय श्रद्धाञ्जलिका लागि शव राखेर बेलबारीमा लगेर अन्त्येष्टि गर्ने तयारी रहेको तुम्बाहाङ्फेले जानकारी दिनुभयो । मोरङको बेलबारी–२ लालभित्ती स्थायी घर भएका लिम्बू धरान बस्दै आएका थिए ।

चैत ५ विराटनगरमा भएको प्रदर्शनका क्रममा टाउकोमा चोट लागेका लिम्बूलाई चैत ९ गते बेहोस अवस्थामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो । चैत १० गते उनको मृत्यु भएको थियो ।

पहिचान पक्षधरको मागअनुसार सरकारले गत २४ चैतमा शहीद घोषणा गरेको थियो । साथै सरकारले उनको परिवारलाई १० लाख राहत दिने निर्णय गरेको थियो ।

गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको थियो । पहिचान पक्षधर दल र जातीय संस्थाले प्रदेशको पुन: नामकरणको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।