१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

चलचित्रमा अभिनय नगरेकाहरुको चलचित्र संघको सदस्यता खारेज हुने

चलचित्रमा अभिनय नगरेकाहरुको चलचित्र संघको सदस्यता खारेज हुने
अ अ+ अ-

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघले चलचित्रमा अभिनय नगरेका कलाकारहरुको सदस्यता खारेज गर्ने निर्णय गरेको छ ।

बुधवार काठमाडौंमा आयोजित नयाँ वर्षको आदानप्रदान कार्यक्रममा बोल्दै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले चलचित्र नखेलेका कलाकारहरुको सदस्यता खारेज गर्ने बताउनु भयो ।

उहाँले सदस्यता खारेजीको लागि आफू निर्वाचनको प्रक्रियालाई पर्खेर नबस्ने पनि स्पष्ट पार्नुभयो । उहाँले सदस्य बनेकाहरुले नागरिकता मात्रै पेस गरेको तर अन्य कुनै चलचित्रमा अभिनय गरेको अभिलेख नपाइएकाले अब सबै सदस्यहरुले अभिलेखका लागि आफूले अभिनय गरेका चलचित्रहरुको बारेमा जानकारी दिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सदस्यताको विषयमा कुरा आइरहेको छ । त्यसलाई हामी हाम्रो कार्यकालमा स्पष्ट गर्नेछौँ । जसले चलचित्र खेलेको छैन, हाम्रो विधानको परिधिभित्र जो छैन, त्यो सदस्य छ भने हामी निर्वाचनको प्रक्रियालाई पर्खेर बस्दैनौँ, हामी त्यसलाई खारेज नै गर्छौं । सदस्य बन्नुभएकाहरुले सदस्य बन्दा धेरैको नागरिकता मात्रै छ, फिल्म खेलेको कुनै आधार छैन, अभिलेखीकरण गर्दैछौँ, अभिलेखीकरणका लागि आइदिनुहोस् ।’

त्यस्तै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सबै कलाकार एक भएर नेपाली चलचित्रको विकास र सहकार्यमा हातेमालो गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले स्टारडमको नाममा कलाकारहरुले ७० लाखसम्म पारिश्रमीक बढाएको भन्दै कलाकारसंघले न्युनतम पारिश्रमीक तोक्नुपर्ने माग गर्नुभयो । उहाँले आफूलाई स्टारडमबाट कमाइन्छ भन्ने विश्वास भए निर्मातासँग मिलेर आधा लगानी गर्न चुनौति दिनुभयो ।

उहाँले भन्नुभयो, ‘आफ्ना मागहरु राख्नु कुनै गलत छैन तर अहिलेको परिस्थितिलाई हेरेर मात्रै आफ्नो पारिश्रमीक तोक्नुपर्छ । सात, आठ वटा फिल्मले मात्रै लगानी उठाउन सकेका छन् तर अन्य चलचित्र डुबेका छन्, पारिश्रमीक बढाउने कुरा जुन आइरहेको छ, अहिले निर्माताहरुलाई फिल्म बनाउन नै धौधौ भइरहेको बेला स्टारहरुले ५० लाखदेखि ७० लाखसम्म लिने कुराले निर्माताहरुको लगानी सुरक्षित छैन, त्यसैले कलाकार संघले स्टारहरुको न्युनतम पारिश्रमीक तोक्ने काम गरोस्, स्टारडमपप््रति विश्वस्त भए निर्मातासँग पार्टनरसिपपको रुपमा जानुस् ।’

त्यस्तै नेपाली चलचित्र कलाकार संघका महासचिव सविन श्रेष्ठले कलाकार संघले नागरिकता अनुसार ७० वर्ष नाघेका चलचित्र कलाकारहरुलाई नि:शुल्क आजीवन सदस्य बनाउने निर्णय संघले गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संघका नियमित सदस्यज्युहरु जो नागरिकता अनुसार ७० वर्ष नाघिसक्नुभएको छ, उहाँहरुलाई नि:शुल्क आजीवन सदस्य निर्णय भएको छ । कलाकारका हीत र चलचत्रि उद्योगको प्रवद्र्धनका लागि सल्लाह दिनुहोला ।’

महासचिव श्रेष्ठले कलाकारका हीत र चलचत्रि उद्योगको प्रवद्र्धनका लागि कलाकार संघ सदैव तयार रहेको बताउनु भयो ।