१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

नक्कली वकिल बनेर ३१ लाख ठगी गर्ने व्यक्ति पक्राउ

नक्कली वकिल बनेर ३१ लाख ठगी गर्ने व्यक्ति पक्राउ
अ अ+ अ-

काठमाडौँ । आफूलाई कानुन व्यवसायी हुँ भन्दै अर्काको लाइसेन्स नं. दुरुपयोग गरी लाखौं ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जाजारकोटको छेडागाड नगरपालिका वडा नं १२ घर भएका वर्ष ४९ को भरतविक्रम सिंह, भक्तबहादुर सिंह, भरतबहादुर सिंह भन्ने मान बहादुर सिंह रहेका छन् ।

बैकिङ कसूर मुद्दामा थुनामा रहेका मानिसलाई छुटाई दिने र मुद्दा मिलादिने बहानामा सर्वोच्च अदालतमा पुनरावेदन गर्छु भनी विभिन्न माध्यमबाट पटक–पटक गरी ३१ लाख रकम लिई ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सिंहउपर ठगी सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उनको साथबाट विभिन्न व्यक्तिका नाममा काटिएका चेकहरु, विभिन्न व्यक्तिका नागरिकता प्रमाणपत्र, भिसाकार्डलगायतका सामान बरामद भएको प्रहरीले जनाएको छ।

साथै, ती व्यक्तिबाट ठगिएका अन्य पीडितहरु भए जिल्ला प्रहरी परिसर काठमाडौंमा सम्पर्क गर्न पनि प्रहरीको आग्रह छ ।