२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त भएका छन् ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष समेत रहेका आचार्य प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार नियुक्त भएको प्रधानमन्त्री सचिवालयले जनाएको हो ।

आचार्यसँग विभिन्न मिडियामा लामो समय आबद्ध भई काम गरेको अनुभव छ । उनी यसअघि प्रचण्ड प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार थिए ।

प्रधानमन्त्रीको प्रेस विज्ञमा मनहरि तिमिल्सेना र प्रेस संयोजकमा सूर्यकिरण शर्मा छन् ।