५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँको संस्कृति बचाउन नदी सभ्यता बचाउनु पर्छ, यसका लागि सहकार्य गरौँ — प्रमुख शाह



अ+ अ-

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, नदी सभ्यता र काठमाडौँबासीका परम्परागत चालचलनका बिचमा स्वभावले नै अभिन्न सम्बन्ध रहेको बताउनुभएको छ ।

आज राष्ट्रिय सभा गृहमा आयोजित गुँला बाजा र परम्परागत ज्यापू गुथि, खल: पुचलाई परम्परागत बाजा संरक्षण तथा बाद्य कला पुस्तान्तरण कार्यका लागि अनुदान रकम उपलब्ध गराउँदै उहाँले यस्तो बताउनुभएको हो ।

‘नदी सभ्यतालाई छुट््याएर काठमाडौँबासीका सांस्कृतिक क्रियाकलापको निरन्तरता अधुरो हुन्छ । यसकारण नदी सभ्यताजस्ता प्राकृतिक सम्पदा र सांस्कृतिक, सामाजिक संस्कृतिलाई सँगै संरक्षण गरौँ । यसमा महानगर र तपाईँहरुका बिचमा सहकार्य हुने अपेक्षा गरेको छु ।’ प्रमुख शाहले भन्नुभयो, ‘परम्परागत बाजाको अभिलेख बनाउने, बाजा बजाउन इच्छुकहरुका लागि ट्युटोरियल बनाउने, बाजा बजाउनेलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई महानगरले प्राथमिकतामा राखेको छ ।’

कार्यक्रममा प्रमुख शाह र उपप्रमुख सुनिता डंगोलले, ज्यापू महागुथि अन्तर्गतका ६३ वटा परम्परागत टोल र गुँला बाजा संरक्षण तथा व्यवस्थापन संघअन्तर्गतका २३ वटा समूहलाई अनुदान रकमको चेक हस्तान्तरण गर्नुभयो ।

यस्तै, उपप्रमुख  डंगोलले सांस्कृतिक सम्पदाको संरक्षण राजनीतिक विषयभन्दा माथि रहेको उल्लेख गर्नुभयो । ‘सामाजिक व्यवस्थापन र पहिचानका लागि संस्कृति क्रियाकलापको महत्वलाई काठमाडौँ महानगरपालिकाले नीति र कार्यक्रममा समेट्ने छ ।’ प्रतिवद्धता जनाउँदै उहाँले, परम्परागत र संस्कारगत चलन, यस्ता चलनसँग जोडिएका ठाउँ, आँग छेँ, त्वा: छेँ, द्यो: छेँ: जस्ता स्थानको अध्ययन गर्ने र प्रवर्धनका लागि शैक्षिक क्षेत्रसँग जोड्ने बताउनुभयो ।

अहिलेसम्म यसप्रकारका क्रियाकलापहरु समुदाय स्तरबाट सञ्चालन, व्यवस्थापन र प्रवर्धन भइरहेकोले, उहाँहरुको योगदानलाई सम्मान गर्दै परम्परागत क्रियाकलापको निरन्तरताका लागि अनुदान रकम उपलब्ध गराइएको उपप्रमुख डंगोलको भनाइ छ ।

काठमाडौँका संस्कार र संस्कृति बचाए मात्र महानगर सांस्कृतिक सहर हुनेमा आफू सचेत रहेको बताउँदै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले, बाद्यबादन, पर्व, संस्कार र संस्कृति बचाउने नीति र कार्यक्रमलाई महानगरले कहिल्यै नछोड्ने बताउनुभयो । त्यस्तै वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले, समुदायका सांस्कृतिक क्रियाकलापसँग महानगर केन्द्रीय तहबाट र स्थानीय गतिविधिका लागि वडागत रुपमा साथ रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा महागुथिका अध्यक्ष पञ्चनारायण महर्जनले, महानगरपालिकाको सहयोगमा बाजागाजा संरक्षणमा ठूलो सहयोग पुगेको बताउनुभयो । सहकार्यलाई अझ नजिक बनाउनुपर्छ । यसबाट महानगर र समुदाय दुवैलाई फाइदा हुन्छ । महर्जनको भनाइ थियो । गुँला बाजं व्यवस्थापन तथा संरक्षण संघका अध्यक्ष अमिरमान शाक्यले, बुद्धभूमि लुम्बिनीबाट काठमाडौँ आएका शाक्यहरुसँगै गुँला बाजाको संस्कार भित्रिएको बताउनुभयो ।

यी बाजा समूहमध्ये चारुमती र जयबागेवरी धा बाजं खल गुँला पर्वका अवसरमा बाजा बजाउँदै पशुपतिको यात्रा गर्छन् भने अन्य २१ वटा समूहले स्वयम्भूको यात्रा गर्छन् ।

सम्पदा तथा पर्यटन विभागकी उपनिर्देशक सृजु प्रधानकाअनुसार न्हू: द (नेपाल संवत्) को नवौँ महिना अवधिभर गुँला बाजा बनाउने चलन छ ।