१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा

काठमाडौँको संस्कृति बचाउन नदी सभ्यता बचाउनु पर्छ, यसका लागि सहकार्य गरौँ — प्रमुख शाह

काठमाडौँको संस्कृति बचाउन नदी सभ्यता बचाउनु पर्छ, यसका लागि सहकार्य गरौँ — प्रमुख शाह
अ अ+ अ-

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, नदी सभ्यता र काठमाडौँबासीका परम्परागत चालचलनका बिचमा स्वभावले नै अभिन्न सम्बन्ध रहेको बताउनुभएको छ ।

आज राष्ट्रिय सभा गृहमा आयोजित गुँला बाजा र परम्परागत ज्यापू गुथि, खल: पुचलाई परम्परागत बाजा संरक्षण तथा बाद्य कला पुस्तान्तरण कार्यका लागि अनुदान रकम उपलब्ध गराउँदै उहाँले यस्तो बताउनुभएको हो ।

‘नदी सभ्यतालाई छुट््याएर काठमाडौँबासीका सांस्कृतिक क्रियाकलापको निरन्तरता अधुरो हुन्छ । यसकारण नदी सभ्यताजस्ता प्राकृतिक सम्पदा र सांस्कृतिक, सामाजिक संस्कृतिलाई सँगै संरक्षण गरौँ । यसमा महानगर र तपाईँहरुका बिचमा सहकार्य हुने अपेक्षा गरेको छु ।’ प्रमुख शाहले भन्नुभयो, ‘परम्परागत बाजाको अभिलेख बनाउने, बाजा बजाउन इच्छुकहरुका लागि ट्युटोरियल बनाउने, बाजा बजाउनेलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई महानगरले प्राथमिकतामा राखेको छ ।’

कार्यक्रममा प्रमुख शाह र उपप्रमुख सुनिता डंगोलले, ज्यापू महागुथि अन्तर्गतका ६३ वटा परम्परागत टोल र गुँला बाजा संरक्षण तथा व्यवस्थापन संघअन्तर्गतका २३ वटा समूहलाई अनुदान रकमको चेक हस्तान्तरण गर्नुभयो ।

यस्तै, उपप्रमुख  डंगोलले सांस्कृतिक सम्पदाको संरक्षण राजनीतिक विषयभन्दा माथि रहेको उल्लेख गर्नुभयो । ‘सामाजिक व्यवस्थापन र पहिचानका लागि संस्कृति क्रियाकलापको महत्वलाई काठमाडौँ महानगरपालिकाले नीति र कार्यक्रममा समेट्ने छ ।’ प्रतिवद्धता जनाउँदै उहाँले, परम्परागत र संस्कारगत चलन, यस्ता चलनसँग जोडिएका ठाउँ, आँग छेँ, त्वा: छेँ, द्यो: छेँ: जस्ता स्थानको अध्ययन गर्ने र प्रवर्धनका लागि शैक्षिक क्षेत्रसँग जोड्ने बताउनुभयो ।

अहिलेसम्म यसप्रकारका क्रियाकलापहरु समुदाय स्तरबाट सञ्चालन, व्यवस्थापन र प्रवर्धन भइरहेकोले, उहाँहरुको योगदानलाई सम्मान गर्दै परम्परागत क्रियाकलापको निरन्तरताका लागि अनुदान रकम उपलब्ध गराइएको उपप्रमुख डंगोलको भनाइ छ ।

काठमाडौँका संस्कार र संस्कृति बचाए मात्र महानगर सांस्कृतिक सहर हुनेमा आफू सचेत रहेको बताउँदै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले, बाद्यबादन, पर्व, संस्कार र संस्कृति बचाउने नीति र कार्यक्रमलाई महानगरले कहिल्यै नछोड्ने बताउनुभयो । त्यस्तै वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले, समुदायका सांस्कृतिक क्रियाकलापसँग महानगर केन्द्रीय तहबाट र स्थानीय गतिविधिका लागि वडागत रुपमा साथ रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा महागुथिका अध्यक्ष पञ्चनारायण महर्जनले, महानगरपालिकाको सहयोगमा बाजागाजा संरक्षणमा ठूलो सहयोग पुगेको बताउनुभयो । सहकार्यलाई अझ नजिक बनाउनुपर्छ । यसबाट महानगर र समुदाय दुवैलाई फाइदा हुन्छ । महर्जनको भनाइ थियो । गुँला बाजं व्यवस्थापन तथा संरक्षण संघका अध्यक्ष अमिरमान शाक्यले, बुद्धभूमि लुम्बिनीबाट काठमाडौँ आएका शाक्यहरुसँगै गुँला बाजाको संस्कार भित्रिएको बताउनुभयो ।

यी बाजा समूहमध्ये चारुमती र जयबागेवरी धा बाजं खल गुँला पर्वका अवसरमा बाजा बजाउँदै पशुपतिको यात्रा गर्छन् भने अन्य २१ वटा समूहले स्वयम्भूको यात्रा गर्छन् ।

सम्पदा तथा पर्यटन विभागकी उपनिर्देशक सृजु प्रधानकाअनुसार न्हू: द (नेपाल संवत्) को नवौँ महिना अवधिभर गुँला बाजा बनाउने चलन छ ।