१९ पुष २०८१, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्रीद्वारा अमेरिकी पूर्वराष्ट्रपति कार्टरप्रति श्रद्धाञ्जली ‘पुष्पा २’को कलेक्सन १२ सय करोड नजिक तराई-मधेशमा चिसो बढ्दै, सतर्कता अपनाउन चिकित्सकको आग्रह ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवका अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना सरकारको नीतिअनुसार प्रभावकारी कार्यसम्पादन गर्न मन्त्री दाहालको निर्देशन सन् २०२५ मा विश्वका लागि ध्यान केन्द्रित गर्न चीन कटिबद्ध बुर्तिबाङ अस्पताल: झुपडीदेखि ५० शय्याको अस्पतालसम्म विनाअक्सिजन ८ हजार मिटर अग्ला हिमालको आरोहण गरेका मिङ्मालाई विमानस्थलमा भव्य स्वागत सामूहिक खेती गरी आत्मनिर्भर बन्दै सिसवोनीका दलित महिला  निरन्तर घट्दै टेलिकम सेवाप्रदायकको राजस्वमा योगदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपकराज गिरीको व्यङ्ग्य– जतिसुकै राम्रो कपडा पसल खोले नि दुइचार कमसल ढाका त छिरि हाल्ने रहेछ



फाईल फोटो
अ+ अ-

काठमाडौँ । फिल्म निर्माता तथा कलाकार दीपकराज गिरीले रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणमा व्यङ्गात्मक शैलीमा स्ट्याटस लेखेका छन् ।

उनले लेखेका छन्, ‘जति सुकै राम्रो कपडा पसल खोल्छु भने पनि कपडाका थानमा दुइ चार कमसल ढाका त छिरि हाल्ने रहेछन!’

आईतबार सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो । लगतै उनलाई रास्वपाले एक साताका लागि निलम्बन गरेको थियो ।

पार्टिका सभापति रवि लामिछानेले उक्त अडियो प्रकरणमा छानबिन गरेर दोषी पाइएमा कारबाही गर्ने बताईसकेका छन् । उनले आफ्नो सांसदले भ्रष्टाचारको डिल गरेको प्रमाणित भए अख्तियारमा आफैं पत्र लिएर जाने बताएका छन् ।