• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo

भिमाद नगरपालिकाका कर्मचारी आन्दोलित



तनहुँ । तनहुँको भिमाद नगरपालिकाका कर्मचारी आन्दोलित बनेका छन् । नेपाली कांग्रेस भिमाद नगर समितिले नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेको विरोधमा नगरपालिकाका कर्मचारी गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

उनीहरुले विज्ञप्ती जारी गर्दै ताला नखोलेसम्म कालोपट्टि बाँधेर विरोध जनाउने चेतावनी समेत दिएका छन् ।

नेपाली कांग्रेस र सो निकट भातृसंगठन नेविसंघका कार्यकर्ताले नगरपालिकाको काम कारबाहीको विषयलाई लिएर कार्यकक्षमा उपसचिव पदमराज आचार्यमाथि गरिएको अभद्र व्यवहार र शिक्षा तथा खेलकुद शाखामा गरिएको तालाबन्दीप्रति भिमाद नगरपालिकाका सम्पूर्ण कर्मचारीहरुको ध्यानाकर्षण भएको जनाएका छन् ।