१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा-मुग्लिन सडक निरीक्षणमा उच्चस्तरीय टोली



अ+ अ-

कास्की । गण्डकी प्रदेशको राजधानी सहर पोखरा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने पृथ्वीराजमार्ग विस्तार तथा स्तरोन्नतिको निरीक्षणमा उपप्रधानमन्त्रीसहितको उच्चस्तरीय टोलीले निरीक्षण गरेको छ ।

आज उपपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, पोखरा महानगरका प्रमुख धनराज आचार्य, चिनियाँ राजदूत चेन सोङ्ग, भौतिक पूर्वाधार तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल लगायतको उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण गरेको हो ।

सडक बिस्तार तथा स्तरोन्नतिको काममा ढिलाइ भएपछि उक्त टोलीले निरीक्षण गरेको हो । गत वर्षदेखि सुरु भएको आयोजनामा हालसम्म छ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । उच्चस्तरीय टोलीले आज बिहान पोखरा–मुग्लिन सडकखण्ड विस्तार आयोजनाको पश्चिम खण्डको सुरुआत विन्दु पोखराको सेती नदीपुलबाट अनुगमन सुरु गरेको हो । टोलीले हालसम्मको कामको प्रगति, आयोजनाको ढिलाइका कारण र समस्याका बारेमा जानकारी लिएको मुग्लिन–पोखरा सडकखण्ड विस्तार आयोजना प्रमुख अमितकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार पश्चिमखण्डमा सुरु भएको अनुगमन पूर्वीखण्डसहित मुग्लिनसम्म हुनेछ । आयोजना प्रमुख श्रेष्ठले भन्नुभयो, “आयोजनाको पश्चिम खण्डको काम ढिलाइ भएपछि अवस्था बुझ्नका लागि गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्री सहितको उच्चस्तरीय टोली आएको हो ।” निरीक्षणका क्रममा निर्माण कम्पनीबाट काममा ढिलाइ भएपछि कामको गति कसरी बढाउन सकिन्छ भनेर छलफल भएको थियो । आयोजनामा देखिएका समस्या समाधान गरी तोकिएको मितिमा सडक विस्तार सम्पन्न गर्नेतर्फ सबैले चासो दिनुभएको उहाँको भनाइ छ ।

सो क्रममा आयोजनामा देखिएका समस्या सरकारले समाधान गर्ने र तोकिएको समयभित्रमै सडक निर्माण सम्पन्न गर्न निर्माण कम्पनीका प्रतिनिधिलाई अनुगमन टोलीले निर्देशन दिएको थियोे ।

सडक विस्तारका लागि विद्युत् र खानेपानीका पाइप स्थानान्तरण, मापदण्डभित्र परेका घरलाई मुआब्जा दिएर खाली गर्ने लगायतका समस्या रहेको आयोजनाले जनाएको छ । एशियाली विकास बैंक ९एडिबी०को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको दुई लेनको सडकलाई विस्तार गरी चार लेनको फराकिलो बनाउन लागिएको छ ।

पोखरा–मुग्लिन सडकखण्ड विस्तारको कार्य छिटो सम्पन्न गर्ने उद्देश्यले दुई भागमा विभाजन गरेर काम अघि बढाइएको छ । पोखराको पृथ्वीचोकस्थित सेती नदी पुलदेखि तनहुँको जामुनेसम्मको ३९ किमी क्षेत्र पश्चिम खण्डमा पर्दछ । सो खण्ड पोखरामा स्थापना भएको मुग्लिन–पोखरा सडक योजना कार्यालयले हेर्ने गरेको छ ।

यसैगरी जामुनेदेखि आँबुखैरेनीसम्मको ४३ किमी सडक पूर्वी खण्डमा पर्दछ । यसको कार्यालय गुणादीमा छ । पश्चिम खण्ड निर्माणका लागि रू सात अर्ब ४० करोड करोड ४६ लाख लागतमा चिनियाँ कम्पनी अनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कम्पनीसँग ठेक्का सम्झौता गरिएको छ ।

यस योजना ४२ महिनाभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने गरी विसं २०७८ जेठमा ठेक्का सम्झौता गरिएको थियो । रासस