१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार

उपप्रधानमन्त्री एवं रक्षामन्त्रीद्वारा जङ्गी अड्डाको निरीक्षण

उपप्रधानमन्त्री एवं रक्षामन्त्रीद्वारा जङ्गी अड्डाको निरीक्षण
अ अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले ‘चेन अफ कमाण्ड’, संस्थागत मर्यादा र सामूहिक भावना नै नेपाली सेनाको आधारस्तम्भ भएकाले यसलाई पालना गर्न सकल दर्जालाई निर्देशन दिनुभएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डाको परिचयात्मक निरीक्षण भ्रमणपछि उहाँले जनतासँगको निकटता र नागरिकमैत्री हुनु नै सेनाको विशेषता भएको हुँदा त्यसलाई निरन्तरता दिन सुझाव दिनुभयो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्का समक्ष सो अवसरमा नेपाली सेनाको सङ्गठनात्मक स्वरुप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा सञ्चालन गरिरहेका कार्यलगायतबारे विविध जानकारी गराइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यस अवसरमा रक्षामन्त्री खड्काले सेनाले नेपाली जनताको शीर उचो राख्न तथा जनताको विश्वासिलो संस्थाका रुपमा सधैँ अब्बल रहन सकेको भनी सह्राना गर्नुभयो । उहाँले भन्नुभयो, “देशको सामरिक अवस्थिति र विद्यमान विश्व परिवेश अनुरुपको सन्तुलित व्यवहार जरुरी छ, जनताको आशा र विश्वास जगाउन मन्त्रालय तथा सेना मिलेर जाँदा आशातित उपलब्धि हासिल हुनेछ ।”

पर्यावरण संरक्षणमार्फत वातावरणीय असन्तुलनलाई सम्बोधन गरेर विश्व मानव समुदायलाई नै सेनाले ठूलो योगदान दिएको उल्लेख गर्दै उप्रधानमन्त्री खड्काले विपद् तथा महामारी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा हासिल गरेको उपलब्धिले देशको गौरव बढाएको बताउनुभयो ।

प्रधानसेनापति प्रभुराम शर्माले उपप्रधानमन्त्री तथा रक्षामन्त्रीलाई कार्यकालको सफलताका लागि बधाई ज्ञापन गर्दै सेना संविधान प्रदत्त जिम्मेवारी निर्वाह गर्न तथा विशेष परिस्थितिमा निर्दिष्ट गरिने कानुन बमोजिमका अतिरिक्त जिम्मेवारी बहन गर्न सदैव तत्पर रहेको बताउनुभयो ।

बदलिँदो क्षेत्रीय र अन्तर्राष्ट्रिय बहुआयामिक चुनौती र त्यसबाट राष्ट्रिय सुरक्षामा पर्न सक्ने सम्भावित प्रभावको प्रतिकारका लागि सेनाको समयानुकूल आधुनिकीकरणसँगै क्षमता विकास हुन आवश्यक रहेको उल्लेख गर्दै उहाँले सरकार, मन्त्रालय र जनताको अपेक्षा अनुरुप कर्तव्यनिष्ठ भई भूमिका निर्वाह गर्न कटिबद्ध रहेको बताउनुभयो ।

रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले सेनाको समग्र क्षमता विकासलगायत विद्यमान कठिनाइ समाधानमा नेतृत्वले जिम्मेवारी सम्हाले लगत्तै उपप्रधानमन्त्रीबाट चासो तथा महत्वका साथ निर्देशन प्राप्त भइरहेको बताउनुभयो । रासस