८ श्रावण २०८३, शुक्रबार
,
Latest
सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा रहेको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको दाबी प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार मन्त्रालयद्वारा रद्द आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र कम्युनिस्टहरू सत्ता केन्द्रित हुँदा वैरीले दीर्घकालीन रणनीति बनाए : प्रचण्ड प्रचण्डको आह्वान– प्रतिक्रान्तिको प्रतिवाद गर्न वामपन्थीले साझा कार्यक्रम बनाउनुपर्छ शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री बाग्मती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने दक्षिण–पूर्व एशियाका स्क्यामिङ सेन्टरबाट ८ सय ६० नेपालीको उद्धार, ४९ जना अझै कम्बोडियाको जेलमा ‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’ ट्राफिक एफएम १५ औँ वर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनाको ‘साइबर स्पेश’मा हमला गर्ने पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले नेपाली सेनाको ‘साइबर स्पेश’मा अनाधिकृत पहुँच पुर्याइ हमला गर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गैरकानुनी कार्यमा संलग्न स्याङ्जाको वालिङ नगरपालिका–१० घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१६ मा घर धनीको इन्टरनेट प्रयोग गरी बस्ने २१ वर्षका सागर ढकाल रहेका छन् ।

ब्युरोको अनुसन्धानका क्रममा उनी पोखरामा रहेको थाहा पाएपछि ब्यूरोको टोलीले उनलाई पोखराबाट पक्राउ गरी काठमाडौँ ल्याएको हो । उनलाई आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा अदालतले थप अनुसन्धानका लागि सात दिनको म्याद दिएको ब्यूरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिनुभयो ।

नेपाली सेनाबाट केही अघि साइबर स्पेशमा पहुँच पुर्याइ साइबर हमला भएको देखिन आएकाले आवश्यक अनुसन्धान तथा कारवाहीका लागि ब्यूरोमा पत्राचार भएको थियो । सोही पत्राचारका आधारमा साइबर हमलाको प्राविधिक विशलेषण, ह्युमन इन्टेलिजेन्स तथा अनुसन्धानका आधारमा उक्त ब्यूरोबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । रासस




भर्खरै