२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका त्रिशला गुरुङ र रोहित शाक्यले गरे विवाह



फोटोः सामाजिक संजाल
अ+ अ-

काठमाडौं । गायिका त्रिशला गुरुङ र संगीतकार रोहित शाक्यले विवाह गरेका छन् । केही समयदेखि प्रेम सम्बन्धमा रहेका त्रिशला र रोहितले बिहीबार लगनगाँठो कसेका हुन् ।

त्रिशलाले गत भदौमा आफू रोहितसँग प्रेम सम्बन्धमा रहेको खुलाएकी थिइन्। तर, यसलगत्तै उनले यो कुरामा सत्यता नभएको अभिव्यक्ति दिएकी थिइन्।

यूवापुस्ताले रुचाएका त्रिशला कभर गीत गाएर चर्चामा आएका थिइन्। उनी पेसाले डाक्टर हुन्। रोहित पनि चर्चित गिटारिस्ट हुन् ।