१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

तीन लाख भेडाबाख्रालाई पिपिआर खोप

तीन लाख भेडाबाख्रालाई पिपिआर खोप
अ अ+ अ-

त्रिशूली । नुवाकोट र रसुवामा जारी रहेको पिपिआर खोप अभियानमा करीब तीन लाख भेडाबाख्रालाई खोप लगाइने भएको छ ।

नुवाकोट र रसुवा कार्यक्षेत्र रहेको भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र नुवाकोटले यही फागुन ७ गतेसम्म सञ्चालन गर्ने खोप कार्यक्रममा आफूले पालन गरेका भेडाबाख्रालाई पिपिआर (हैजा) रोगविरुद्धको खोप कार्यक्रममा सहभागी गराउन केन्द्र प्रमुख भरत पाण्डेले किसानलाई आग्रह गर्नुभयो ।

उहाँका अनुसार नुवाकोटका दुई लाख ३५ हजार र रसुवाका ३१ हजार भेडाबाख्रालाई खोप लगाउन दुई जिल्लामा रहेका १७ स्थानीय तहका पशुसेवा शाखा प्रमुखको समन्वयमा ६० जना भ्याक्सिनेटर (खोपकर्ता) परिचालन गरिएको छ ।

“अभियानका क्रममा भेडाबाख्राको खोरमा नै पुगेर खोप लगाउन भ्याक्सिनेटर खटाइएको छ”, केन्द्र प्रमुख पाण्डेले भन्नुभयो, “थोरै सङ्ख्यामा पालन गर्ने किसानका लागि तोकिएको केन्द्रसम्म ल्याउन अनुरोध गरिएको छ, कम्तिमा २० सम्म भेडाबाख्रा पालन गर्ने किसानको खोरमा नै पुगेर खोप लगाउने व्यवस्था मिलाएका छौं ।”

भेडाबाख्रामा देखिने श्वासप्रश्वासको समस्या समाधानका लागि पिपिआर रोग विरुद्धको खोप दिन थालिएकाले सबै किसानलाई सहभागी हुन र गराउन खोप कार्यक्रम अभियानका रुपमा एकैसाथ सबै स्थानमा सञ्चालनमा ल्याइएको विज्ञ केन्द्र नुवाकोटका पशु चिकित्सक डा बब्लु ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार भेडाबाख्रामा महामारीका रुपमा फैलने र प्राणघातक मानिएको पिपिआर रोगको उपचारसमेत सम्भव नहँुदा रोगबाट बचाउन खोप लगाउनु नै एकमात्रै उपाय मानिने गरिएको छ ।

“जन्मेको तीन महिना पूरा भएका (गर्भवती तथा सुत्केरी भेडाबाख्रालाई समेत) खोप लगाइने भए पनि स्वास्थ्यमा समस्या भएकालाई खोप लगाउन हुँदैन”, पशु चिकित्सक डा ठाकुरले भन्नुभयो, “नेपालमा नै बनेको र वर्षौंदेखि सफल कार्यान्वयनमा आइसकेकाले पिपिआर खोप शत्प्रतिशत सुरक्षित छ, आफूले पालन गरेका भेडाबाख्रालाई ढुक्क भएर खोप कार्यक्रममा सहभागी गराउन किसानलाई आग्रह गर्दछौँ ।”

पिपिआर रोग सङ्क्रमित भेडाबाख्रामा कडा किसिमको ज्वरो आउने, सिङ्गान बगाउने, आँखामा र्याल काढ्ने, चिप्रा (कचेरा) देखिने, पातलो दिसा गर्ने मुख तथा गिजामा पानीका फोका जस्ता घाउ आउने र पछि उक्त घाउ फुटी पाप्रा बन्ने लगायतका लक्षण देखिने भएकाले रोगबाट सुरक्षित गर्न खोप लगाउनु नै एकमात्रै उपाय भएको उहाँको भनाइ छ ।

यो रोग लागेमा चौबिस घण्टादेखि एक साताभित्र प्राणसमेत जाने भएकाले किसानलाई पशुधनको रक्षा गर्न, पशुपालन पेसामा टिकाइराख्न र व्यावसायिक रुपमा निरन्तरता दिने वातावरण सुनिश्चित गर्न भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्रले खोप कार्यक्रम सञ्चालनमा ल्याएको हो । उक्त कार्यक्रम बागमती प्रदेश सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालयले अभियानका रुपमा प्रदेशका सबै जिल्लामा सञ्चालन भइरहेको जनाएको छ । रासस