१९ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु



(सांकेतिक तस्बिर)
अ+ अ-

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ रामडाडाँमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको ना ५ ख ३५५७ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको गा १५ प ३९६९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यू भएको प्रहरीले बताएको छ ।

मकवानपुर प्रहरी प्रवक्ता डीएसपी टेक बहादुर कार्कीको अनुसार कास्की जिल्ला निर्मल पोखरी–२ बस्ने ३८ वर्षीया स्कुटर चालक निर्मला परियारको मृत्यू भएको हो ।

ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको बताईएको छ।