५ भाद्र २०८३, शुक्रबार
,
Latest
उपत्यकासहित विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना सुक्दै गएका पानीका मुहान संरक्षणका लागि नेपालकै पहिलो उप–राष्ट्रिय मार्गचित्र सार्वजनिक तेल निर्यातलाई प्रतिदिन एक करोड ब्यारेल पुर्‍याउने इराकको लक्ष्य सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना मधेस प्रदेशसभाः चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’ एसिसी प्रिमियर कपको अभ्यास खेलः नेपालको लगातार दोस्रो जित धनगढीमा शिक्षा संवादः ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’ क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै रिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोना र युनाइटेडको बराबरी



अ+ अ-

एजेन्सी । युरोपा लिग फुटबल अन्तर्गत बार्सिलोना र म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेका छन् ।

बिहीबार राति भएको पहिलो लेगको खेलमा स्पेनिस क्लब बार्सिलोना र इंग्लिस क्लब युनाइटेडले २–२ गोलको बराबरी खेलेका हुन् ।

खेलको ५० औं मिनेटमा मार्कस एलोन्सोले गोल गर्दै घरेलु टोली बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, त्यसको दुई मिनेटपछि अर्थात् ५२ औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई १–१ को बराबरीमा ल्याए ।

५९ औं मिनेटमा बार्सिलोनाका कोउन्डेले आत्मघाती गोल गरेपछि युनाइटेडले खेलमा १–२ को अग्रता बनायो । तर, ७६ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनाको हार टारे ।

अब यी दुई टोलीबीच दोस्रो लेग फेब्रुअरी २४ मा युनाइटेडको घरेलु मैदानमा हुनेछ ।