२० असार २०८३, शनिबार
,
Latest
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल ‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ विधेयक’माथि छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरीमा निलगाईको एक हुल समुहले किसानका खेतबारीमा क्षति पुर्‍याउँदै



अ+ अ-

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका क्षेत्रमा पछिल्लो केहि समय यता निलगाईको एक हुल बास बस्ने गरेका छन् । कोशी टप्पु वन्यजन्तु आरक्षबाट गाउँ पसेको निलगाईको सो समुहले किसानका खेतबारीमा क्षति पुर्‍याईरहेका छन् । 

सुनसरीको दक्षिणी गाउँपालिका देवानगञ्जको वडा नम्वर ५ साहेबगञ्जका बासिन्दाका खेतबारीहरुमा यतिखेर निलगाईको एक हुलले बास लिएको छ । एकदर्जन बढीको समुहमा जंंगलबाट निस्किएर गाउँ पसेका निलगाईको हुल स्थानियको खेतहरुमा चर्दै गरेको भेटिन्छ । त्यतो त विगत २ बर्षयता यस क्षेत्रमा निलगाई देखिन थालेको स्थानिय बताउँछन् । दिनभरि स्थानियको खेतमा चर्ने निलगाई मानिसलाई देखेपछि भने तर्किएर भाग्छ । रातको समयमा सोहि वडाको पुर्वतर्फ रहेको बुढी खोला किनारको झाडी तथा स्थानियको उखु र मकैबारीमा निलगाईहरुले बास लिने गरेको स्थानियले बताएका छन् । स्थानिय भाषामा निलगाईलाई घोडगदहा भनेर चिनिन्छ ।

साहेबगञ्जको सो क्षेत्रमा १५ वटा भन्दा बढी निलगाईले आश्रय लिएको स्थानियले जानकारी दिएका छन् । दिनको समय भन्दापनि प्रायजसो रातको समयमा समुहमा निस्कने निलगाईको समुहले बालीनालीमा क्षति पुर्‍याउने गरेपनि सामान्य लखेट्ने बाहेक कसैले पनि कुटपिट नगर्ने गरेको स्थानियले बताएका छन् ।

निलगाई नेपाल लगायतका एसियाली राष्ट्रहरूमा पाइने ठूलो प्रजातिको मृग हो । यसको गाईका जस्ता कान, छोटो र बाङ्गो सिङ, गर्दनमा काला छोटा रौँ, घाँटीमा लामा रौँका गुच्छा हुने र बराँठको जस्तो रङ हुन्छ । यसलाई घोडगधा,लिलीगाई र ब्लु बुलको नामले पनि चिनिन्छ । देवानगञ्जमा आश्रय लिएको निलगाई सो गाउँपालिकाको उत्तरतर्फ रहेको कोशी टप्पु बन्यजन्तु आरक्षबाट आएको हुनसक्ने स्थानियको अनुमान छ । निलगाईको समुहले किसानको खेतीबालीमा क्षति पु¥याईरहेको बिषयमा उजुरी आए अवस्था अनुसारको निर्णय लिईने जिल्ला बन कार्यालय सुनसरीले जनाएको छ ।

जंगलक्षेत्र अतिक्रमण भएर मानव बस्तीको बिस्तार हुँदै गएको तथा जलवायुको नकारात्मक असरका कारण जंगलहरु उजाड हुँदै गएपछि जनावरहरु आहारको खोजी गर्दै मानव बस्ती प्रवेश गरिरहेको जानकार बताउँछन् । निलगाईको संरक्षण गर्दै किसानको खेतबालीको रक्षा गर्नु अहिलेको आवश्यकता बनेको छ ।