२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

कहाँ खोप दिदैँछ, कुन ठाउँमा जाने हो भन्ने एउटा कल सेन्टर स्थापना गर्नुपर्छ: राज्यमन्त्री श्रेष्ठ

कहाँ खोप दिदैँछ, कुन ठाउँमा जाने हो भन्ने एउटा कल सेन्टर स्थापना गर्नुपर्छ: राज्यमन्त्री श्रेष्ठ
अ अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारको पहिलो प्राथमिकता कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा अन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिमा बोल्दै राज्यमन्त्री श्रेष्ठले सरकारको प्राथमिकता कोभिड १९ विरुद्धको खोप उपलब्धता गराउने भएकाले अनुदान, ऋण अथवा किनेरै भएपनि सबै नेपालीलाई खोप उपलब्ध गराइने बताउनुभयो । 

उहाँले आइतबार एडिबी र विश्वबैंकसँग ऋण लिनका लागि हस्ताक्षर गरेको पनि जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘अहिलेको पहिलो प्राथमिकता भनेको सबै जनमानसहरुलाई, ६० प्रतिशत जनमानसलाई खोप लगाउन सकियो भने राम्रो हुन्छ भनेर त्यो खोप ल्याउने । हिजो भर्खरै मैले एउटा साइन गरेको छु एडिबी र वल्र्ड बैंकबाट सर्टेन ऋण लिने भनेर । त्यसको अलावा हामीले किनेर, अनुदानमा ल्याउँ चाँडोभन्दा चाँडो खोप ल्याएर खोपको व्यवस्थापन गर्नु जरुरी छ ।’

राज्यमन्त्री श्रेष्ठले कुन–कुन ठाउँबाट खोप दिइदैछ भन्ने सम्बन्धमा मन्त्रालयमा कल सेन्टर स्थापना गर्न निर्देशन दिइसकेको बताउनुभयो । कोभिड विरुद्धको खोप लगाएको प्रमाणित गर्न धेरै भिड भएको भन्दै उहाँले सबै जिल्लाहरुबाट प्रमाणित गर्न सकिनेगरी व्यवस्था मिलाउने पनि बताउनुभयो । त्यसैगरी फ्रन्टलाइनमा काम गर्ने सवारी चालक, सहचालक देखि शिक्षकहरुलाई खोपको उपलब्धता गराउनेपनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘कुन–कुन ठाउँमा खोप दिदैँछ भनेर इन्फरमेशन सेन्टर राख्ने पनि हाम्रो मन्त्रालयमा मैले भनिसकेको छु । कहाँ खोप दिदैँछ, कुन ठाउँमा जाने हो भन्ने एउटा कल सेन्टर स्थापना गर्नुपर्छ । अहिले भएको हाम्रा व्यवस्थापकिय कमिकमजोरीहरुलाई सुधार गर्ने । सर्टिफिकेशनका लागि धेरै ठुलो ठुलो लाइन भएको हुँदाखेरी अहिले नै मन्त्रालयबाट के भएको छ भन्ने जिल्लाबाट पनि दिन सकिने । सर्टिफिकेशन भनेको खोप कार्डलाई नै त्यसलाई भ्यालिड गरिदियो भने भैहाल्यो । अहिले ५ ठाउँ भाको ठाउँमा २० ठाउँमा बनाउँ । हामीसँग जति खोप स्टक छ, यहाँ नराखौँ । ठाउँ ठाउँमा दिऊँ । ५० वर्ष माथिकालाई, फ्रन्टलाइनमा काम गर्नेहरुलाई पहिलो प्राथमिकतामा राखेर दिनुप¥यो । त्यसको अलावा टिचर्सहरु, प्रोफेसरहरुलाई लगाउँदाखेरी ५-१० लाखको आवश्यकता पर्छ । त्यसमा हामीले चाँडोभन्दा चँडो व्यवस्थापन गर्नुप¥यो ।’

उहाँले सबै प्रदेशमा कोभिड १९ सम्बन्धी हेर्नेगरी प्रदेशस्तरिय अस्पताल बनाउनु आवश्यक रहेको बताउनुभयो । खोप सेन्टरलाई अझै धेरै ठाउँमा बिस्तार गर्नुपर्ने उहाँको भनाई छ । राज्यमन्त्री श्रेष्ठले कोभिड १९ संक्रमणको तेस्रो लहर आउनसक्ने भएकाले त्यसका लागि तयारी आवश्यक रहेको पनि उल्लेख गर्नुभयो । त्यसैगरी बैठकमा बोल्दै स्वास्थ्य सचिव लक्ष्मण अर्यालले चैत महिनासम्ममा २ करोड १५ लाखलाई खोप उपलब्ध गराउने रोडम्यापको आधारमा काम गरिरहेको बताउनुभयो । आवश्यक खोप किन्नको लागि प्रक्रिया अगाडी बढिरहेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘असोज महिना भित्रमा लक्षित समुहका ३३ प्रतिशतलाई खोप दिने र चैतसम्ममा खोप उपलब्ध भएमा सबैलाई २ करोड १५ लाखलाई खोप उपलब्ध गराउन सकिन्छ भन्ने रोडम्यापको आधारमा काम गरेका छौँ ।’

स्वास्थ्य मन्त्रालय अन्र्तगत स्वास्थ्य आपतकालीन केन्द्रका संयोजक डा. गुणराज लोहनीले हालसम्म कोभिड–१९ विरुद्धको खोपको पहिलो मात्रा ३४ लाख ५ हजार १ सय ५४ जनालाई लगाइएको र १४ लाख ३० हजार ४ सय १६ जनालाई दुवै मात्रा खोप लगाइएको बताउनुभयो । उहाँले वैदेशिक अनुदानमा चीन सरकारबाट १८ लाख र भारत सरकारबाट ११ लाख मात्रा खोप आएको तथा हालसम्म ५० लाख मात्रा खरिद गरिएको पनि उहाँले जानकारी दिनुभयो । त्यसमध्ये भारतबाट १० लाख मात्रा कोभिशिल्ड र चीनबाट ३२ लाख मात्रा भेरोसेल खोप किनिएको उहाँले स्पष्ट पार्नुभयो । आउनबाँकी ८ लाख खोप शुक्रबार नेपाल आईपुग्ने पनि उहाँले बताउनुभयो ।
उहाँले असोज मसान्त भित्र थप १ करोड ५ लाख ४८ हजार मात्रा खोप कोभ्याक्स सुविधा अन्तर्गत, वैदेशिक अनुदान र खरिदमार्फत् नेपाल आउने पनि बताउनुभयो ।