५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीमा संस्थान ५५औँ वर्षमा: ‘संस्थानलाई प्रतिस्पर्धी बनाउँछौँ’



अ+ अ-

काठमाडौँ । राष्ट्रिय बीमा संस्थान ५५औँ वर्षमा प्रवेश गरेको छ । सो संस्थाबाट हालसम्म ६ लाख ३८ हजार ७९३ जनाले बीमा सेवा लिएका छन् । चालु आर्थिक वर्षको ६ महिनामा ६ अर्ब ५ करोड बीमा शुल्क सङ्कलन गर्नुका साथै १९ जीवन बीमा कम्पनीमा संस्थानको बजार हिस्सा ८ दशमलव ५३ प्रतिशत रहेको छ । संस्थाको शाखा २२ पुगेको छ । यो वर्षभरिमा शाखा २८ पुर्‍याउने संस्थानको उद्देश्य छ । 

वार्षिकोत्सवको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासैनीले संस्थानमा देखिएका विभिन्न समस्या समाधान गर्दै संस्थानलाई प्रतिस्पर्धी संस्थाको रुपमा विकास गर्नुपर्न बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ प्रविधि र प्रणालीको भरपुर प्रयोग गर्दै बीमा व्यवसायलाई अझ विस्तार गर्नुपर्ने छ, प्रतिस्पर्धी बनाउनुपर्ने छ, त्यसका लागि सरकार, कर्मचारी र सम्वद्ध सबै सरोकारवाला निकाय प्रतिबद्ध भएर लाग्नुपर्ने छ ।” ग्रामीण क्षेत्रमा सचेतनासँगै बीमा शिक्षालाई घर घरमा पुर्‍याउनुपर्ने उहाँको भनाइ छ । 

संस्थानका कार्यवाहक अध्यक्ष वसन्तराज पाण्डेले लेखा परीक्षण, संस्थानको साधारणसभा र कर्मचारीको वृत्ति विकासमा देखिएका सबै समस्याको समाधान गर्दै कर्मचारीलाई प्रोत्साहन हुने नीति ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । योसँगै बीमा व्यवसाय विस्तार, संस्थानको संरचना परिर्वतन, अभिकर्ताको वृत्तिविकास तथा प्रोत्साहन गर्ने नीति ल्याउने तयारी भइरहेको उहाँको भनाइ छ ।

एक करोड अधिकृत पुँजीमा स्थापना गरिएको कम्पनीले २०३४ साल फागनु ११ गतेदेखि व्यावसायिक कारोबार सुरु गरेको थियो । अहिले संस्थानले सावधिक जीवन बीमा योजा, बालबच्चाको शिक्षा र विवाह सावधिक जीवन बीमा, अग्रिम भुक्तानी जीवन बीमा, दोहोरो लाभ जीवन बीमा र राष्ट्रसेवक सावधिक जीवन बीमा लागयतका योजना अघि सारेको छ ।