६ कार्तिक २०८१, मंगलवार
,
Latest
सात वर्षमा पनि पूरा भएन मालढुङ्गा–बेनी–जोमसोम सडक एमाले नेता रिजालको दाबी– प्रचण्डको रोइकराई र हारगुहारले त्यो रोकिनेवाला छैन सहकारीको रकम अपचलनमा धनराजमाथि छानबिन कहिले ? मधेस र कोशी प्रदेशबाट ८४ जनाको उद्धार बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्दै ललितपुर महानगर सडक र विद्युत् सुविधासँगै सुगम बन्दै गाउँ ‘घरवारविहीनहरुको रात सधैँ सडकमा बित्छ’ मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री पाँच विपक्षी दलको ध्यानाकर्षणपत्र: मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री बेलायतबाट हर्क साम्पाङको चेतावनी– ‘धेरै रडाको नमच्चाउनू’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरियन संस्कृति र मौलिकता सहित ललितपुरमा कोरियन बार्बी क्यु रेष्टुरेन्ट



अ+ अ-

काठमाडौं । कोरियन संस्कृति र मौलिकता लाई नजिकबाट झल्काउने गरी कोरियन बार्बी  क्यु रेष्टुरेन्ट खुलेको छ । रेष्टुरेन्टको ललितपुर महानगरपालिका का मेयर चिरीबाबु महर्जनले उद्घाठन गर्नुभयो ।

कोरियन पोशाक, चित्रकला सहित आकर्षक सजावटमा कोरियन खानाका स्वाद पस्कदै कोरियन बार्बी  क्यु रेष्टुरेन्टको जावलाखेलमा सञ्चालन सुचारु भएको हो । लामो समय कोरियामा कार्यरत यस रेष्टुरेन्टका सञ्चालक प्रेम गुरुङ नेपाल मै पनि कोरियन खानाको स्वाद पस्किन यस रेष्टुरेन्टको स्थापना गरेको जानकारी गराउनु भयो ।

उहाँले कोरियन खानाको स्वादको पारखीहरू बढ्दो रुपमा रहेको हुँदा, यस रेष्टुरेन्टले सम्पूर्ण मौलिक कोरियन खानाहरू पस्कदै आएको बताउनु भयो । कोरियाको झल्को दिने, त्यहाँको संस्कृतिलाई नेपाली सामु चिनाउने लक्ष्यका साथ यस रेष्टुरेन्ट खोलिएको हो ।

कोरिया रहेर आफैले सिकेको सीपलाई नेपालमा परिचालन गरि कोरियन बार्र्बी क्यु रेष्टुरेन्टले थुप्रै युवाहरूलाई रोजगार प्रदान गर्दै आएको छ । रेष्टुरेन्टले ग्राहकको चाहनालाई मध्यनजर गर्दै सन्तुष्टि प्रदान गर्ने सवालमा खानाको गुणस्तरलाई प्राथमिकतामा राखेको र बजारमा सञ्चालन भईरहेका कोरियन रेष्टुरेन्टहरू भन्दा यस कोरियन बार्बी क्यु रेष्टुरेन्टको खाना र सेवा भिन्न तथा गुणस्तरीय रहेको गुरुङ्गको दाबी छ ।

यहाँ काम गर्ने कामदारहरू पनि विदेशी संस्कृति नेपाल मै सिक्न र झल्काउन पाउँदा उत्साहित रहेको उहाँले बताउनुभयो । अन्तराष्ट्रिय स्तरको अनुभवले शिपको दायरा फराकिलो बनेको छ जसले उनीहरूको व्यक्तित्व विकासमा अहम भूमिका खेलेको गुरुङले जानकारी दिनुभयो ।