२३ भाद्र २०८३, मंगलवार
,
Latest
जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान जेन–जीको बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङदेम्बेको माग देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिद्वारा पशुपतिनाथमा पूजाआराधना सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरियन संस्कृति र मौलिकता सहित ललितपुरमा कोरियन बार्बी क्यु रेष्टुरेन्ट



अ+ अ-

काठमाडौं । कोरियन संस्कृति र मौलिकता लाई नजिकबाट झल्काउने गरी कोरियन बार्बी  क्यु रेष्टुरेन्ट खुलेको छ । रेष्टुरेन्टको ललितपुर महानगरपालिका का मेयर चिरीबाबु महर्जनले उद्घाठन गर्नुभयो ।

कोरियन पोशाक, चित्रकला सहित आकर्षक सजावटमा कोरियन खानाका स्वाद पस्कदै कोरियन बार्बी  क्यु रेष्टुरेन्टको जावलाखेलमा सञ्चालन सुचारु भएको हो । लामो समय कोरियामा कार्यरत यस रेष्टुरेन्टका सञ्चालक प्रेम गुरुङ नेपाल मै पनि कोरियन खानाको स्वाद पस्किन यस रेष्टुरेन्टको स्थापना गरेको जानकारी गराउनु भयो ।

उहाँले कोरियन खानाको स्वादको पारखीहरू बढ्दो रुपमा रहेको हुँदा, यस रेष्टुरेन्टले सम्पूर्ण मौलिक कोरियन खानाहरू पस्कदै आएको बताउनु भयो । कोरियाको झल्को दिने, त्यहाँको संस्कृतिलाई नेपाली सामु चिनाउने लक्ष्यका साथ यस रेष्टुरेन्ट खोलिएको हो ।

कोरिया रहेर आफैले सिकेको सीपलाई नेपालमा परिचालन गरि कोरियन बार्र्बी क्यु रेष्टुरेन्टले थुप्रै युवाहरूलाई रोजगार प्रदान गर्दै आएको छ । रेष्टुरेन्टले ग्राहकको चाहनालाई मध्यनजर गर्दै सन्तुष्टि प्रदान गर्ने सवालमा खानाको गुणस्तरलाई प्राथमिकतामा राखेको र बजारमा सञ्चालन भईरहेका कोरियन रेष्टुरेन्टहरू भन्दा यस कोरियन बार्बी क्यु रेष्टुरेन्टको खाना र सेवा भिन्न तथा गुणस्तरीय रहेको गुरुङ्गको दाबी छ ।

यहाँ काम गर्ने कामदारहरू पनि विदेशी संस्कृति नेपाल मै सिक्न र झल्काउन पाउँदा उत्साहित रहेको उहाँले बताउनुभयो । अन्तराष्ट्रिय स्तरको अनुभवले शिपको दायरा फराकिलो बनेको छ जसले उनीहरूको व्यक्तित्व विकासमा अहम भूमिका खेलेको गुरुङले जानकारी दिनुभयो ।