१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

नेकपा नेता कट्टेलप्रति प्रचण्डको आक्रोश, काँग्रेससँग भाग मागेर मुक्ति हुन्छ ?- कट्टेल -भिडियो सहित

नेकपा नेता कट्टेलप्रति प्रचण्डको आक्रोश, काँग्रेससँग भाग मागेर मुक्ति हुन्छ ?- कट्टेल -भिडियो सहित
अ अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिरुद्धमा मुद्दा हालेर पार्टी फुटाइदिएको भन्दै नेकपाका अध्यक्ष ऋषि कट्टेलप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

बिहीवार शहीद सुरेश वाग्ले (वासु) स्मृति प्रतिष्ठान, नेपालले काठमाडौंमा आयोजना गरेको २४ औँ शहीद सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेल (बैरागी) स्मृति दिवस तथा स्मृति ग्रन्थ सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले असन्तुष्टि व्यक्त गर्नुभएको हो । अध्यक्ष दाहालभन्दा अगाडी मन्तव्य राख्नुभएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपाली काँग्रेससँग भाग मागेर उत्पीडित वर्ग र समुदायको मुक्ति नहुने टिप्पणी गर्नुभएको थियो ।

सोही टिप्पणीको जवाफ दिँदै अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनलाई एक बनाउँदा फुटाउनका लागि अदालत गएको भन्दै कट्टेलप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँले तत्कालिन नेकपा फुटाउन अदालत जानेले संविधान र गणतन्त्रको रक्षाको लागि गरिएको कामलाई गलत भन्नु नहुने बताउनु भयो । उहाँले कट्टेललाई जनक्रान्तिको बेलामा कहाँ हुनुहुन्थ्यो ? किन त्यो आदर्शमा लाग्नुभएन भन्ने प्रश्न समेत गर्नुभयो । उहाँले भन्नुभयो – ‘ऋषिजीले जो आदर्शको कुरा गर्नुभयो, म यतिमात्रै भन्न चाहन्छु, ऋषिजी तपाई जनक्रान्तिको बेलामा कहाँ हुनुहुन्थ्यो ? तपाई त्यो आदर्शमा किन लाग्नुभएन ? नेपालको कम्युनिष्ट आन्दोलनलाई एक बनाउनुपर्छ भन्दा यसलाई फुटाउनुपर्छ भनेर अदालतमा जाने तपाई नै होइन र ? अनि अहिले काँग्रेससँग मिल्यो भनेर तपाईले भन्न मिल्छ ? संविधान र गणतन्त्रको रक्षाको लागि गरिएको कामलाई । मेरो विचारमा मिल्दैन ।’

अध्यक्ष दाहालले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा जनयुद्धका शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेको भएपनि हामलसम्म कार्यान्वयन नभएको बताउनु भयो । उहाँले सो निर्णय कार्यान्वयनका लागि लडाईं गरिरहेको बताउनु भयो । उहाँले वर्गयुद्ध जारी रहेको उल्लेख गर्नुभयो । माओवादी केन्द्रप्रति नकारात्मक प्रहारहरु भइरहेको भन्दै उहाँले प्रतिक्रियावादीहरुको बिरुद्धमा आफू संघर्षमा नै रहेको बताउनु भयो । उहाँले भन्नुभयो – ‘मैले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीको हैसियतले जनयुद्धको तमाम शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गर्ने माइन्युटमा पहिलो निर्णय गराएँ । तर त्यो माइन्युट अहिले छैन । राजपत्रमा तुरुन्त निकालिनुपथ्र्यो, निकालिएन । र त्यो लडाइँ अहिले पनि जारी छ । अहिले गठबन्धनभित्र पनि छ । वामपन्थी गठबन्धन र कम्युनिष्ट एकता गरेको सरकारको बेलामा पनि थियो । अहिले पनि छ । चलिराख्छ । हामी संघर्षमा बसिराख्यौँ भने त हामी जीवित रहिराख्न सक्छौँ । संघर्षबाट छुट्यौँ भने हाम्रो धेरैअपठ्यारो स्थिति आउँछ । त्यसकारण हामी संघर्षमै छौँ ।

म संघर्षमै रहेको अनुभुति हुन्छ । म भिन्न रुपले संर्घषमै छु । यो वर्गयुद्ध हो । वर्ग लडाईं हो जारी छ । अहिले कसले जित्छ भन्ने कुराको अन्तिम फैसला भइसकेको छैन । प्रहार माओवादी केन्द्रमाथि हिजो जनयुद्धको बेलामा पनि थियो यो अपराधीहरुको हो भनेर, टाउकै काट्ने कुरा थियो । अहिले पनि माओवादी अस्थिरताको कारक हो । प्रचण्ड रहँदासम्म यो देश अपm्ठ्यारोमा परिराख्छ त्यसकारण प्रचण्ड सिध्याउनुपर्छ भनिएकै छ । मैले संघर्ष छोडेको भए त्यसो भन्नुपर्ने आवश्यकता हुँदैनथ्यो प्रतिक्रियावादीहरुलाई । अवसरवादीहरुलाई । म संघर्षमै छु त्यसकारण प्रहार अर्को कित्ताबाट भइनै राखेको छ । म अन्तिम समयसम्म संघर्षमा रहनेछु ।’

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेकपा (माओवादी केन्द्र) सर्वहारा वर्गको मुक्ति र राष्ट्रिय स्वाधिनताको सम्बन्धमा गलत बाटोतिर गइरहेको टिप्पणी गर्नुभयो । उहाँले उत्पीडित वर्ग, समुदायको मुक्ति र राष्ट्रिय स्वाधिनताको रक्षाको बाटो स्पष्ट नभएसम्म शहीदप्रति सम्मान नहुने बताउनु भयो । नेपाली काँग्रेससँग भाग मागेर मुक्ति प्राप्त नहुने उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘आज तपाईको पार्टी, सुरेशको पार्टी, नेपाली जनक्रान्तिको दिशामा, नेपालको उत्पीडित वर्ग, समुदायको मुक्तिको दिशामा, नेपालको राष्ट्रिय स्वाधिनताको रक्षाको दिशामा कुन ठाउँमा छ ? तपाईहरुले मूल्यांकन गर्नुस् । आफ्ना पाटोहरुलाई ठिक ढंगले मूल्यांकन गरिएन भने शहीदप्रतिको श्रद्धा, श्रद्धा हुँदैन । त्यसकारण म अनुरोध गर्छु, तपाईहरुको पार्टी तपाई जतिसुकै फुँदा गास्नुस् ।

अहिले प्रचण्डजीले भन्दा त स्वर्ग पारिदिनु हुन्छ अहिले नै मलाई थाहा छ । तर नेपालको जनक्रान्तिको दिशामा, नेपाली सर्वहारा वर्गको मुक्तिको दिशामा, नेपालको राष्ट्रिय स्वाधिनताको दिशामा एउटा गलत बाटोतिर गइरहेको छ । यसलाई सच्याउन म अनुरोध गर्छु । सुरेशको सम्मान जबसम्म नेपालको उत्पीडित वर्ग, समुदायको मुक्ति र देशको राष्ट्रिय स्वाधिनताको रक्षाको बाटो क्लियर हुँदैन तबसम्म सम्मान हुँदैन । अब काँग्रेससँग भाग मागेर मुक्ति हुन्छ ? त्यसकारण यो बाटोमा अलि गम्भिरतापूर्वक सोच्न म यो बेलामा अनुरोध पनि गर्छु ।’

उहाँले माओवादी केन्द्र गलत बाटोमा गइरहेको भन्दै सच्चिन आग्रह समेत गर्नुभयो । माओवादीले आफूलाई स्वमूल्याकन गर्नुपर्ने उहाँले बताउनु भयो ।