६ कार्तिक २०८१, मंगलवार
,
Latest
सात वर्षमा पनि पूरा भएन मालढुङ्गा–बेनी–जोमसोम सडक एमाले नेता रिजालको दाबी– प्रचण्डको रोइकराई र हारगुहारले त्यो रोकिनेवाला छैन सहकारीको रकम अपचलनमा धनराजमाथि छानबिन कहिले ? मधेस र कोशी प्रदेशबाट ८४ जनाको उद्धार बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्दै ललितपुर महानगर सडक र विद्युत् सुविधासँगै सुगम बन्दै गाउँ ‘घरवारविहीनहरुको रात सधैँ सडकमा बित्छ’ मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री पाँच विपक्षी दलको ध्यानाकर्षणपत्र: मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री बेलायतबाट हर्क साम्पाङको चेतावनी– ‘धेरै रडाको नमच्चाउनू’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा नेता कट्टेलप्रति प्रचण्डको आक्रोश, काँग्रेससँग भाग मागेर मुक्ति हुन्छ ?- कट्टेल -भिडियो सहित



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिरुद्धमा मुद्दा हालेर पार्टी फुटाइदिएको भन्दै नेकपाका अध्यक्ष ऋषि कट्टेलप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

बिहीवार शहीद सुरेश वाग्ले (वासु) स्मृति प्रतिष्ठान, नेपालले काठमाडौंमा आयोजना गरेको २४ औँ शहीद सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेल (बैरागी) स्मृति दिवस तथा स्मृति ग्रन्थ सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले असन्तुष्टि व्यक्त गर्नुभएको हो । अध्यक्ष दाहालभन्दा अगाडी मन्तव्य राख्नुभएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपाली काँग्रेससँग भाग मागेर उत्पीडित वर्ग र समुदायको मुक्ति नहुने टिप्पणी गर्नुभएको थियो ।

सोही टिप्पणीको जवाफ दिँदै अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनलाई एक बनाउँदा फुटाउनका लागि अदालत गएको भन्दै कट्टेलप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँले तत्कालिन नेकपा फुटाउन अदालत जानेले संविधान र गणतन्त्रको रक्षाको लागि गरिएको कामलाई गलत भन्नु नहुने बताउनु भयो । उहाँले कट्टेललाई जनक्रान्तिको बेलामा कहाँ हुनुहुन्थ्यो ? किन त्यो आदर्शमा लाग्नुभएन भन्ने प्रश्न समेत गर्नुभयो । उहाँले भन्नुभयो – ‘ऋषिजीले जो आदर्शको कुरा गर्नुभयो, म यतिमात्रै भन्न चाहन्छु, ऋषिजी तपाई जनक्रान्तिको बेलामा कहाँ हुनुहुन्थ्यो ? तपाई त्यो आदर्शमा किन लाग्नुभएन ? नेपालको कम्युनिष्ट आन्दोलनलाई एक बनाउनुपर्छ भन्दा यसलाई फुटाउनुपर्छ भनेर अदालतमा जाने तपाई नै होइन र ? अनि अहिले काँग्रेससँग मिल्यो भनेर तपाईले भन्न मिल्छ ? संविधान र गणतन्त्रको रक्षाको लागि गरिएको कामलाई । मेरो विचारमा मिल्दैन ।’

अध्यक्ष दाहालले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा जनयुद्धका शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेको भएपनि हामलसम्म कार्यान्वयन नभएको बताउनु भयो । उहाँले सो निर्णय कार्यान्वयनका लागि लडाईं गरिरहेको बताउनु भयो । उहाँले वर्गयुद्ध जारी रहेको उल्लेख गर्नुभयो । माओवादी केन्द्रप्रति नकारात्मक प्रहारहरु भइरहेको भन्दै उहाँले प्रतिक्रियावादीहरुको बिरुद्धमा आफू संघर्षमा नै रहेको बताउनु भयो । उहाँले भन्नुभयो – ‘मैले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीको हैसियतले जनयुद्धको तमाम शहीदहरुलाई राष्ट्रिय शहीद घोषणा गर्ने माइन्युटमा पहिलो निर्णय गराएँ । तर त्यो माइन्युट अहिले छैन । राजपत्रमा तुरुन्त निकालिनुपथ्र्यो, निकालिएन । र त्यो लडाइँ अहिले पनि जारी छ । अहिले गठबन्धनभित्र पनि छ । वामपन्थी गठबन्धन र कम्युनिष्ट एकता गरेको सरकारको बेलामा पनि थियो । अहिले पनि छ । चलिराख्छ । हामी संघर्षमा बसिराख्यौँ भने त हामी जीवित रहिराख्न सक्छौँ । संघर्षबाट छुट्यौँ भने हाम्रो धेरैअपठ्यारो स्थिति आउँछ । त्यसकारण हामी संघर्षमै छौँ ।

म संघर्षमै रहेको अनुभुति हुन्छ । म भिन्न रुपले संर्घषमै छु । यो वर्गयुद्ध हो । वर्ग लडाईं हो जारी छ । अहिले कसले जित्छ भन्ने कुराको अन्तिम फैसला भइसकेको छैन । प्रहार माओवादी केन्द्रमाथि हिजो जनयुद्धको बेलामा पनि थियो यो अपराधीहरुको हो भनेर, टाउकै काट्ने कुरा थियो । अहिले पनि माओवादी अस्थिरताको कारक हो । प्रचण्ड रहँदासम्म यो देश अपm्ठ्यारोमा परिराख्छ त्यसकारण प्रचण्ड सिध्याउनुपर्छ भनिएकै छ । मैले संघर्ष छोडेको भए त्यसो भन्नुपर्ने आवश्यकता हुँदैनथ्यो प्रतिक्रियावादीहरुलाई । अवसरवादीहरुलाई । म संघर्षमै छु त्यसकारण प्रहार अर्को कित्ताबाट भइनै राखेको छ । म अन्तिम समयसम्म संघर्षमा रहनेछु ।’

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेकपा (माओवादी केन्द्र) सर्वहारा वर्गको मुक्ति र राष्ट्रिय स्वाधिनताको सम्बन्धमा गलत बाटोतिर गइरहेको टिप्पणी गर्नुभयो । उहाँले उत्पीडित वर्ग, समुदायको मुक्ति र राष्ट्रिय स्वाधिनताको रक्षाको बाटो स्पष्ट नभएसम्म शहीदप्रति सम्मान नहुने बताउनु भयो । नेपाली काँग्रेससँग भाग मागेर मुक्ति प्राप्त नहुने उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘आज तपाईको पार्टी, सुरेशको पार्टी, नेपाली जनक्रान्तिको दिशामा, नेपालको उत्पीडित वर्ग, समुदायको मुक्तिको दिशामा, नेपालको राष्ट्रिय स्वाधिनताको रक्षाको दिशामा कुन ठाउँमा छ ? तपाईहरुले मूल्यांकन गर्नुस् । आफ्ना पाटोहरुलाई ठिक ढंगले मूल्यांकन गरिएन भने शहीदप्रतिको श्रद्धा, श्रद्धा हुँदैन । त्यसकारण म अनुरोध गर्छु, तपाईहरुको पार्टी तपाई जतिसुकै फुँदा गास्नुस् ।

अहिले प्रचण्डजीले भन्दा त स्वर्ग पारिदिनु हुन्छ अहिले नै मलाई थाहा छ । तर नेपालको जनक्रान्तिको दिशामा, नेपाली सर्वहारा वर्गको मुक्तिको दिशामा, नेपालको राष्ट्रिय स्वाधिनताको दिशामा एउटा गलत बाटोतिर गइरहेको छ । यसलाई सच्याउन म अनुरोध गर्छु । सुरेशको सम्मान जबसम्म नेपालको उत्पीडित वर्ग, समुदायको मुक्ति र देशको राष्ट्रिय स्वाधिनताको रक्षाको बाटो क्लियर हुँदैन तबसम्म सम्मान हुँदैन । अब काँग्रेससँग भाग मागेर मुक्ति हुन्छ ? त्यसकारण यो बाटोमा अलि गम्भिरतापूर्वक सोच्न म यो बेलामा अनुरोध पनि गर्छु ।’

उहाँले माओवादी केन्द्र गलत बाटोमा गइरहेको भन्दै सच्चिन आग्रह समेत गर्नुभयो । माओवादीले आफूलाई स्वमूल्याकन गर्नुपर्ने उहाँले बताउनु भयो ।