२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रफि बोकेर स्वदेश फर्किए राष्ट्रिय क्रिकेट टोली



अ+ अ-

काठमाडौँ । केन्यासँगको दुई पक्षीय श्रृंखलामा सहभागि भएर बुधवार नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

पाँच ट्वान्टी–२० र तीन एक दिवसीय श्रृंखला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम बुधवार काठमाडौं फर्किएको हो । टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का व्यवस्थापक विनोद दास र क्यानका पदाधिकारीहरुले स्वागत गरेका छन् । नेपालले घरेलु टोलीबिरुद्धको ५ खेलको ट्वान्टी–२० श्रृंखला ३–२ ले जितेको थियो ।

यस्तै ३ खेलको एकदिवसीय सिरिज ३–० ले क्लिन स्विप गरेको थियो । भ्रमण सकेर त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थालमा ओर्लिएको नेपाली टोलीका उपकप्तान रोहितकुमार पौडेलले समग्रमा केन्या भ्रमण राम्रो भएको प्रतिक्रिया दिनुभयो ।

एक दिवसीय खेलमा कप्तानको जिम्मेवारी सम्हाल्नुभएका रोहितले नयाँ खेलाडीको प्रदर्शन राम्रो भएको र आउँदा दिनमा मध्यम अवस्थामा बलिङ र ब्याटिङमा अझै सुधार गर्नुपर्ने बताउनु भयो ।

यस्तै पूर्व कप्तान ज्ञानेन्द्र मल्लले केन्यासँगको श्रृंखला नयाँ र युवा खेलाडीका लागि अनुभव संगाल्ने मौका भएको प्रतिक्रिया दिनुभयो । नयाँ
प्रशिक्षकको योजना अनुसार टोलीलाई अगाडि बढाउँदा नयाँ खेलाडीसँगै अन्य खेलाडीलाई पनि फाइदा पुग्ने बताउनु भयो ।

नेपाल फर्किएका खेलाडी अब नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट खेलका लागि प्रदेश अनुसारको टोलीमा आवद्ध हुनेछन् । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हँुदैछ भने पुरुष क्रिकेट भने भदौ २३ गतेबाट कीर्तिपुर स्थित त्रिभूवन विश्व विद्यालयको मैदानमा आयोजना हुँदैछ ।