१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल

नेपालको असंलग्न परराष्ट्रनीतिमा शंका गर्ने ठाउँ धेरै भयोः विज्ञ

नेपालको असंलग्न परराष्ट्रनीतिमा शंका गर्ने ठाउँ धेरै भयोः विज्ञ
अ अ+ अ-

ललितपुर । अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ प्राध्यापक डा. खड्ग केसीले अमेरिकी स्टेट पार्टनरसिप प्रेग्राम (एसपीपी) का कारण नेपालको असंलग्न परराष्ट्रनीतिमा शंका गर्ने ठाउँ धेरै भएको बताउनुभएको छ ।

ललितपुरमा आयोजित बदलिँदो भूराजनीतिक अवस्था र नेपाल बारे अन्तरक्रियात्मक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले एमसीसी साँच्चिकै आईपीएसको अंग हो वा होइन भन्ने कुरा नागरिकले अझै बुझ्न नसकेको भन्दै यस बारेमा स्पष्ट हुन आवश्यक रहेको बतउनु भयो । उहाँले व्याख्यात्मक टिप्पणी भनेर लाज छोप्ने आधारमा एमसीसी पास गरिएको उल्लेख गर्दै सरकारका पछिल्ला गतिविधिबाट एमसीसी आईपीएसको अंग हो वा होइन भन्ने कुरामा विश्वस्त हुनसक्ने स्थिति नरहेको बताउनु भयो । उहाँले सरकारले कतै एमसीसी पास गरेर आईपीएसको अंग हुने बाटो खनिरहेको होइन ? भन्दै प्रश्न गर्नुभयो ।

अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ केसीले एसपीपी भित्रभित्रै फरक नाममा ल्याउन लागिएको आशंका गर्नुभयो । उहाँले सरकारले नागरिकलाई एसपीपीको बारेमा जानकारी नगराउनु र एसपीपीको बारेमा मन्त्रीपरिषद्ले निर्णय गरेपछि पनि पत्र नपठाउनुले देशको असंलग्न परराष्ट्र नीतिमा विचलन आउनसक्ने आशंका रहेको बताउनु भयो । उहाँले अमेरिकाले सन् २०१९ मा नै नेपाललाई क्रिटिकल पार्टनरको रुपमा उल्लेख गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको असंलग्न परराष्ट्रनीतिमा शंका गर्ने ठाउँ हामीले धेरै छ । एमसीसी साँच्चिकै आईपीएसको अंग हो वा होइन भन्ने कुरा दोधारता छ । हुनतः व्याख्यात्मक टिप्पणी भन्ने एउटा लाज छोप्ने आधार ल्याएको छ । तर आईपीएसको अंग हो वा होइन भन्ने कुरा अझै विश्वस्त भएका छैनौँ । एमसीसी पास गरेर आईपीएसको अंग हुने बाटो खनिरहेको हो कि भन्ने कुरा आउँछ । एसपीपीमा पनि त्यही काम फरक नाममा ल्याउन लागेको जस्तो भित्र हल्ला छ । राजनीतिक दलहरु नै यस मामिलामा अलि बढी गम्भीर नभएको हो कि जस्तो लाग्छ । नेपालको मित्रता टाढाको छिमेकीसँग बढ्दै गयो भने त्यसले राष्ट्रिय सुरक्षामा पार्ने असर गम्भीर हुन्छ ।’

अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ केसीले नेपालमा बीआरआईलाई बुझेर नै पश्चिमा देशहरुले नेपाललाई बढी नियालीरहेको बताउनु भयो । डा। केसीले अमेरिकाका राजनीतिक र सैनिक अधिकारीहरुको बाक्लिँदो नेपाल भ्रमणले जनतामा विभिन्न संशय पैदा गरेको बताउनु भयो । भूराजनीतिक मामिलाका विश्लेषक समेत रहेका डा. केसीले नेपालमा बीआरआईमा हस्ताक्षर गर्दा नेपाली काँग्रेस र नेकपा माओवादीको सरकार रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत रहेको उल्लेख गर्दै सबै राष्ट्रिय दलहरुको सहमतिमा नै बीआरआईमा हस्ताक्षर भएको बताउनु भयो । उहाँले डोनाल्ड लू अमेरिकाको विदेश मन्त्रालयका उपसचिव भएको तर नेपालमा दक्षिण एशिया हेर्ने भनिसकेपछि ठूलो रुपमा बखान गरिएको दाबी गर्नुभयो । उहाँले नेपालमा पसचिवले नै दक्षिण एशिया थर्कमान बनाउँछन् भन्ने डर रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा बीआरआई हस्ताक्षर गर्दा प्रचण्डको सरकार थियो । प्रकाशशरण महत परराष्ट्रमन्त्री हुनुहुन्थ्यो । विपक्षी एमाले थियो भनेपनि सबैको सहमतिमा नै भएको थियो नि । काँग्रेस र माओवादी सरकारको पालामा हस्ताक्षर भयो । केपी ओलीको पालामा ट्रेड एण्ड ट्रान्जिटी भएको थियो । बिआरआई राष्ट्र पनि नेपाललाई भन्न थालियो । यसलाई बुझेर नै पश्चिमा देशहरुले हामीलाई बढी नियालीरहेको छ । अमेरिकाले नेपालमा किन यति धेरै चासो देखाइरहेको छ । उपसचिव हुन् डोनाल्ड लू तर यहाँ त ठूलै मानिन्छ । तर उपसचिवले नै दक्षिण एशिया हल्लाउँछन् भन्ने डर हामीलाई होला । एमसीसी इण्डोप्यासिफिकको अंग हो वा होइन भन्ने प्रशस्त वहस छ । तर त्यो कुरा अमेरिकाले नै भनेपछि पटकपटक शंका नगर्ने भनेको हाम्रो समाज नलेजिबल बनिनसकेको जस्तो भएको छ । यो कुरामा धेरै ठूलो शंका गर्ने ठाउँहरु रह्यो ।’

अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ केसीले एमसीसी इण्डोप्यासिफिकको अंग हो वा होइन भन्ने प्रशस्त वहसको विषय भएको बताउनु भयो । उहाँले अमेरिकाले पटकपटक एमसीसीको बारेमा बताइरहँदा समेत नेपालले कुनै प्रतिक्रिया र देशको स्वाधिनताका लागि खबरदारी नगर्नुले नेपाली समाज नलेजिबल बनिनसकेको जस्तो महशुस भएको बताउनु भयो ।