२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरि केबलकारमा प्राविधिकरुपमा कुनै समस्या छैनः चन्द्र ढकाल



अ+ अ-

काठमाडौँ । चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र ढकालले चन्द्रागिरि केबलकारमा प्राविधिकरुपमा कुनै समस्या नभएको बताउनुभएको छ ।

चन्द्रागिरि हिल्सद्वारा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘चन्द्रागिरि केबलकारमा कुनै प्राविधिक समस्या छैन । यो शतप्रतिशत सुरक्षित छ । कहिलेकाहीँ लोडसेडिङ हुँदा टेक्नोलोजीको हिसाबले केही समय रोकिने गरेको पक्कै छ । तर, लामो समयसम्म यस्तो समस्या रहँदैन । केही समस्या आएमा तत्कालै हामीले समाधान गर्दै आएका छौँ ’

प्राविधिक समस्या र यसको समाधानबारे सही सन्देश प्रवाह नभएका कारण कतिपय कन्फ्युजन देखिएको उहाँले बताउनुभयो ।

चन्द्रागिरि केबलकार तीन वटा सिस्टमबाट सञ्चालन हुने स्पष्ट पार्दै अध्यक्ष ढकालले भन्नुभयो, ‘हामीले विद्युत्, जेनेटर र इमरजेन्सी ड्राइभबाट केबलकार सञ्चालन गर्दछौँ । विद्युतबाट सञ्चालन भइरहेको अवस्थामा विद्युत् गएमा एक मेगावाटसम्मको क्षमतामा जेनेटरबाट चल्छ । यसमा पनि समस्या आएमा त्यसका लागि इमरजेन्सी ड्राइभ भन्ने छ त्यसबाट तत्कालै सञ्चालन गर्ने गर्छौँ ।’

शुक्रबार केबलकारलाई सुनियोजित रुपमा केहीबेर रोकाइएको थियो । प्राविधिक रुपमा केबलकार केही समय रोकिएपनि शतप्रतिशत सुरक्षित छ भन्ने कुराका लागि केबलकार केही समय रोकाइएको हो ।