१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल

चन्द्रागिरि केबलकारमा प्राविधिकरुपमा कुनै समस्या छैनः चन्द्र ढकाल

चन्द्रागिरि केबलकारमा प्राविधिकरुपमा कुनै समस्या छैनः चन्द्र ढकाल
अ अ+ अ-

काठमाडौँ । चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र ढकालले चन्द्रागिरि केबलकारमा प्राविधिकरुपमा कुनै समस्या नभएको बताउनुभएको छ ।

चन्द्रागिरि हिल्सद्वारा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘चन्द्रागिरि केबलकारमा कुनै प्राविधिक समस्या छैन । यो शतप्रतिशत सुरक्षित छ । कहिलेकाहीँ लोडसेडिङ हुँदा टेक्नोलोजीको हिसाबले केही समय रोकिने गरेको पक्कै छ । तर, लामो समयसम्म यस्तो समस्या रहँदैन । केही समस्या आएमा तत्कालै हामीले समाधान गर्दै आएका छौँ ’

प्राविधिक समस्या र यसको समाधानबारे सही सन्देश प्रवाह नभएका कारण कतिपय कन्फ्युजन देखिएको उहाँले बताउनुभयो ।

चन्द्रागिरि केबलकार तीन वटा सिस्टमबाट सञ्चालन हुने स्पष्ट पार्दै अध्यक्ष ढकालले भन्नुभयो, ‘हामीले विद्युत्, जेनेटर र इमरजेन्सी ड्राइभबाट केबलकार सञ्चालन गर्दछौँ । विद्युतबाट सञ्चालन भइरहेको अवस्थामा विद्युत् गएमा एक मेगावाटसम्मको क्षमतामा जेनेटरबाट चल्छ । यसमा पनि समस्या आएमा त्यसका लागि इमरजेन्सी ड्राइभ भन्ने छ त्यसबाट तत्कालै सञ्चालन गर्ने गर्छौँ ।’

शुक्रबार केबलकारलाई सुनियोजित रुपमा केहीबेर रोकाइएको थियो । प्राविधिक रुपमा केबलकार केही समय रोकिएपनि शतप्रतिशत सुरक्षित छ भन्ने कुराका लागि केबलकार केही समय रोकाइएको हो ।