१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल

‘सदनमै सङ्घीयता विरोधी आवाज उठ्यो, त्यसलाई प्रतिबन्ध लगाऔँ’

‘सदनमै सङ्घीयता विरोधी आवाज उठ्यो, त्यसलाई प्रतिबन्ध लगाऔँ’
file
अ अ+ अ-

काठमाडौँ । सिङ्गो मुलुक सङ्घीयतालाई सबल र सुदृढ बनाउँदै अगाडि बढिरहेको अवस्थामा संसद्मै सङ्घीयता विरोधी अभिव्यक्ति आउन थालेको भन्दै त्यसलाई प्रतिबन्ध लगाउनुपर्ने आवाज उठेको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद प्रमोद साहले जनताको बलिदानबाट प्राप्त सङ्घीयतालाई कमजोर बनाउने अभिव्यक्ति दिने छुट कसैलाई पनि नभएको बताउनुभयो ।

“सङ्घीयता त्यत्तिकै आएको होइन, उत्पीडनमा रहेका जनताको त्याग र बलिदानबाट आएको सङ्घीयतालाई कसैले कमजोर बनाउन सोचेको छ भने त्यो दिवा स्वप्न मात्र हो”, उहाँले भन्नुभयो, “संसद्मै केही पार्टीका नेताले सङ्घीयता विरोधी अभिव्यक्ति दिएका छन्, म त्यसप्रति खेद प्रकट गर्दछु, सङ्घीयतालाई कमजोर बनाउने विषय संसद्मा उठ्छ भने त्यसलाई प्रतिबन्ध लगाउनुपर्छ ।” उहाँले त्यस्ता आवाजलाई कुण्ठित गराउन सभामुखमार्फत रुलिङ गर्न माग गर्नुभयो ।

मुलुक सङ्घीयतामा गएकै कारण राज्यका निकायमा महिला, दलित, जनजाति, उत्पीडित तथा उपेक्षित वर्गको प्रतिनिधित्व बढेको भन्दै उहाँले सङ्घीयतालाई बलियो बनाउन सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो । प्रतिपक्षी दलका केही नेताले संसद्मै सङ्घीयता विरोधी आवाज उठाउन थालेको भन्दै उहाँले उत्पीडित जनता आफैँले सङ्घीयताको रक्षार्थ कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

सांसद लालबाबु पण्डितले मुलुककै जेठो त्रिभुवन विश्वविद्यालयभित्र देखिएको बेथितिको अन्त्य गर्न माग गर्दै सत्तारुढ दल निकट विद्यार्थी सङ्गठनबाट पटकपटक तालाबन्दी भइरहेकामा आश्चार्य व्यक्त गर्नुभयो । मुलुक सङ्घीयतामा गएको लामो समय भइसक्दा पनि कर्मचारी समायोजनको काम नसकिँदा सेवा प्रवाहमा समस्या भएको उल्लेख गर्दै उहाँले तत्काल सङ्घीय निजामती ऐन ल्याउन माग गर्नुभयो ।

संविधानले तीन तहको सङ्घीय संरचनाको व्यवस्था गरे पनि प्रशासनिक सङ्घीयता कार्यान्वयन नहुँदा सङ्घीयतामाथि नै प्रश्न उठेको उहाँले बताउनुभयो ।

सांसद उमाशङ्कर अरगरियाले समयमै मल, बीउ, खाद र सिँचाइको व्यवस्था गराउन किसानले माग गर्दै आए पनि किसानका समस्या समाधान गर्न सरकारको ध्यान अझै नपुगको बताउनुभयो । “देशभर किसानको बेहाल छ”, उहाँले भन्नुभयो, “किसानका नाममा राजनीति भइरहेको छ, तर किसानको समस्या अझै सामाधान भएको छैन ।”

सांसद सुरेशकुमार राईले उदयपुरको घुर्मी र सुनसरीको चतरा जोड्ने सडकको निर्माण छिटो सम्पन्न गर्न आग्रह गर्नुभयो । सांसद प्रकाश स्नेही रसाइलीले दैलेखको गुराँस गाउँपालिकामा करारका कर्मचारी हटाउँदा भएको गोली प्रहारको घटनाको सत्यतत्थ्य छानविन गर्न माग गर्नुभयो ।

सांसद प्रेम सुवालले दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तु सरकारी स्वामित्वमा उत्पादन र वितरण नगरी मुलुक आत्मनिर्भर हुन नसक्ने उल्लेख गर्दै बन्द भएका औषधि, कपडा उद्योग तत्काल सञ्चालन गरिनुपर्ने बताउनुभयो ।

सांसद डा शिवमाया तुम्बाहाम्फेले आफ्ना अनुयायीलाई बलात्कारको आरोप लागेका कृष्ण गिरीले पशुपति क्षेत्रमा सञ्चालन गरेको धार्मिक कार्यक्रममा सरकारका उच्चपदस्थ व्यक्तिको सहभागिता देखिएको भन्दै यसबाट पीडित पक्ष झन् प्रताडित भएको बताउनुभयो । “बलात्कार आरोपीलाई गुरु मानेर हिँड्ने सरकारका मन्त्री र महान्यायाधिवक्ताको कामप्रति एमालेको आपत्ति छ, यसले पीडितलाई झन् पीडा थपेको छ”, उहाँले भन्नुभयो ।

सांसद लालबहादुर थापाले गत असार २३ गते बूढीगङ्गा नगरपालिकाको पुनःनिर्वाचनमा जनताले नेकपा ९एमाले० लाई विजयी गराएको जनाउँदै लोकतन्त्रमा नागरिक नै सबैभन्दा शक्तिशाली हुने प्रमाणित भएको बताउनुभयो ।

सांसद जिपछिरिङ लामाले केही दिनदेखिको वर्षाले गर्दा धेरै सडक क्षतिग्रस्त भएको र विभिन्न ठाउँमा बस्ती विस्थापित हुने अवस्था रहेको भए पनि अहिलेसम्म क्षतिग्रस्त सडकको पुनःनिर्माण र असुरक्षित बस्तीको व्यवस्थापन हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ हामी बोल्ने तर सरकार नसुन्ने हुनु हुँदैन ।” सांसद गजेन्द्रबहादुर महतले केही समय पहिले सिसिटिभी फुटेज तथा एम अधिकारीका बारेमा सदनमा आवाज उठेको र सिसिटिभी फुजेट खोज्न समिति बने पनि एम अधिकारी खोजी नभएको बताउनुभयो ।

सांसद समिना हुसेनले खेती लगाउने समयमा मलखाद र सिँचाइको अभावले किसान मर्कामा परेको जनाउँदै किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । “किसानले छोराछोरीलाई शिक्षा दिन तथा समाजिक व्यवहार सञ्चालन गर्न लिएको ऋण तिर्न नसकेको त्यस्तो ऋण मिनाहा हुनुपर्छ”, उहाँले भन्नुभयो । मधेस प्रदेशमा दाइजोका कारण महिलामाथि हिंसा हुने गरेको भन्दै उहाँले महिला हिंसाका घटना न्यूनीकरण गर्न सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो ।

सांसद राजेन्द्रकुमार केसीले गत आवमा पुँजीगत खर्च ५७ प्रतिशत मात्रै भएकाले कहाँ कमजोरी भएर सरकारको ढुकुटीबाट खर्च गर्न नसकिएको हो भनी खोज्नुपर्ने बताउनुभयो । नागढुङ्गा सुरुङमार्ग निर्माण हुनु खुसीको विषय भए पनि पहुँचमार्ग बनाउँदा गोरेटो, घोरेटो सबै विस्थापित भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यहाँका स्थानीयवासीलाई आवतजावतमा समस्या भएकाले परम्परागत बाटो चालु गर्नुपर्छ ।”

सांसद चाँदतारा कुमारीले सिङ्गापुर र बेलायत सेनामा रहेका व्यक्ति तथा उनीहरुका परिवारमाथि भएको विभेदका बारेमा सरकारले चासो लिएर समाधानमा लाग्नुपर्नेमा जोड दिनुभयो । एसपिपीको गाँठो फुकाउन प्रतिनिधि नेपाल आएकाले सरकार र ठूला नेता गम्भीर हुनुपर्ने उहाँको भनाइ छ ।

सांसद यज्ञबहादुर बोगटीले वर्षाका कारण अछाममा घर पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएकाले त्यो परिवारलाई क्षतिपूर्ति र घाइतेलाई औषधिको व्यवस्था गर्न सरकारसमक्ष माग गर्नुभयो । उहाँले विसं २०६५ मा पुनःनिर्माण सुरु भएको अछामको ऐतिहासिक दरबार अझै बन्न नसकेकाले निर्माण व्यवसीलाई कारवाहीको माग गर्नुभयो ।

सांसद मोहन बानियाँले एसपिपीको पास हुँदैछ भन्ने कुरा आएकाले सजग हुनुपर्ने बताउनुभयो । नागरिकता विधेयकमा ३३÷३४ संशोधन हुँदाहुँदै र विरोधका बीच पास भएकाले भोलि पर्नसक्ने प्रभाव सरकारले बुझ्नुपर्ने उहाँको धारणा छ ।

सांसद देवप्रसाद तिमलसेनाले कृषिप्रधान देश भए पनि किसानले समयमा मलखाद नपाएको उल्लेख गर्नुभयो । तराईमा अझै पनि खडेरी लागेकाले रोपाइँ हुन नसकेकाले किसानप्रति उत्तरदायी भएर सुक्खा क्षेत्र घोषणा गरेर राहत दिनुपर्नेमा जोड दिनुभयो ।